By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम
Uncategorized

एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम

SA Desk
Last updated: March 9, 2025 9:30 pm
SA Desk Published March 9, 2025
Share
SHARE

गान्तोक, 9 मार्च। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा एसकेएम विद्यार्थी प्रकोष्ठको तत्वावधानमा आज राजधानीमा विद्यार्थी प्रतिनिधि परिषदका सम्पूर्ण सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरियो। कार्यक्रममा राज्य ग्राम प्रबन्धन एवं विकास विभागका मन्त्री अरूण कुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
यसैगरी, समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, सोरेङ च्याखुङका विधायक तथा एसेकएम विद्यार्थी प्रकोष्ठका उपाध्याक्ष प्रभारी आदित्य गोले, एसकेएम युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधान, विद्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चा, महासचिव रिवाज छेत्री, संगठन सचिव सञ्जय दिलपाली राई लगायत विभिन्न महाविद्यालय र श्रेडाका विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री उप्रेतीले विद्यार्थीहरूको पहिलो कार्य अध्ययन गर्नु रहेको बताउँदै अध्ययनलाई उच्च प्राथमिकता दिन आह्वान गरे। उनले कुनै पनि समस्याको समाधान हुन्छै हुन्छ भन्दै विद्यार्थी प्रतिनिधिहरूले राखेका समस्या र गुनासोहरूको निवारण हेतु सरकारले अवश्यै पहल गर्ने आश्वासन दिए।
उनले ठूलो ह्रदय भएका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा शिक्षाको विकास हेतु सरकारले हरसम्भव कार्य गरिरहेको बताए। उनले सदैव सकारात्मक सोंचका साथ संगठित भएर सिक्किमे भावनालाई आत्मसात गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आह्वान गरे।
आफ्नो सम्बोधन राख्दै विशिष्ट अतिथि मन्त्री साम्डुप लेप्चाले मुख्यमन्त्रीको गतिशील नेतृत्वमा एसकेएम सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएर विद्यार्थीमुखी अनेकौं योजनाहरू तयार पारेको र ती योजनाहरूबाट धेरै गरीब परिवारका विद्यार्थीहरू लाभान्वित बनेको बताए। यसका साथै शिक्षाको क्षेत्रमा धेरै पूर्वाधारहरू निर्माण भएको पनि उनले बताए।
आफ्नो सम्बोधन राख्ने क्रममा विधायक आदित्य गोलेले कार्यक्रमको सराहना गर्दै आफ्नो शैक्षिक संस्थानको समस्याहरू यसरी खुल्ला रूपले प्रस्तुत गरिदिएकोमा सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूको प्रशंसा गरे। उनले विद्यार्थी प्रतिनिधिहरूका समस्याहरू मुख्यमन्त्री समक्ष राख्ने र समाधान गर्ने दिशामा अवश्यै पहल गरिने आश्वासन दिए।
मुख्यमन्त्रीका पीआरओ रत्नमणि प्रधानले आफ्नो सम्बोधनमा एसकेएम सरकार गठनपछि मुख्यमन्त्री सहायता योजना मार्फत गरीब वर्गका विद्यार्थीहरूलाई सरकारले निरन्तर सहयोग प्रदान गर्दै आएको बताए। उनले सरकारका यी योजनाहरूबाट आज धेरै विद्यार्थीहरू लाभान्वित बनेको बताए।
कार्यक्रममा खुल्ला छलफल सत्र पनि राखिएको थियो, जसमा विभिन्न महाविद्यालयका विद्यार्थी प्रतिनिधीहरूले आआफ्नो कुरा राखेका थिए। छलफलको क्रममा विद्यार्थी प्रतिनिधिहरूले आआफ्नो महाविद्यालयका समस्याहरू खुलेर राखेका थिए।

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे

मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु, चालक घाइते

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsPolitician

सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 29, 2026
मन्त्री लेप्चाले मानसिक स्वास्थ्य पुनर्वासको ​लागि हाफवे होमको उद्घाटन गरे
जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
E-services for documents launched by Pakyong district administration
केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?