By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
CultureInvestmentSportsTravel

सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने

Aaron Rai
Last updated: November 8, 2025 12:18 pm
Aaron Rai Published November 7, 2025
Share
SHARE


गान्तोक, 07 नोभेम्बर। सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने भएको छ। आगामी 9 नोभेम्बरदेखि 14 नोभेम्बर, 2025 सम्म आयोजना गरिने यस च्याम्पियनशिपमा देशका 22 राज्यहरूबाट लगभग 700 खेलाड़ीहरू सहभागी हुनेछन्। उक्त जानकारी सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका अध्यक्ष अनिलराज राईले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
अध्यक्ष राईले राजधानीको पाल्जोर स्टेडियममा आगामी 9 नोभेम्बरदेखि पॉंच दिवसीय ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ आयोजना भइरहेको जानकारी गराए। उनले यस च्याम्पियनशिपको आधिकारिक रूपमा उद्घाटन 10 नोभेम्बर दिउॅंसो 3:30 बजी राज्यका खेल एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेतको उपस्थितिमा गरिने बताए।
सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्षगॉंठ पालन गरिरहेको अवसरमा आयोजना भइरहेको यस च्याम्पियनशिप अन्तर्गत विभिन्न वर्गका सर्वोत्कृष्ट खेलाड़ीहरूलाई नगद पुरस्कारको पनि प्रबन्ध गरिएको उनले बताए। अध्यक्ष राईले स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा सिक्किमले पनि प्रथमपल्ट नगद पुरस्कार प्रदान गर्न लागिरहेको पनि जानकारी गराए। उनले च्याम्पियनशिप अवधि एउटा समर्पित चिकित्सा टोलीलाई पनि तैनाथ गरिने बताए। यस अतिरिक्त, खेलाड़ीहरूलाई एचआईभी जॉंचको लागि प्रोत्साहित गरिने र कार्यक्रम स्थलमा जॉंचको व्यवस्था पनि गरिने उनले बताए।
सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनले युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने दिशामा काम गरिरहेको बताउॅंदै उनले यस आयोजनलाई सफल बनाउने सहयोग गर्ने सबै प्रायोजकहरूप्रति आभार प्रकट गरे।
संघका प्रमुख प्रशिक्षक एवं आइरन म्यानमा सिक्किमको नामले चर्चित पेमा भोटियाले यो एसोसिएशनल उनले 2013 देखि शुरू गरेको र यस खेलको माध्यमद्वारा हर उमेर वर्गका खेलाड़ीहरूले सिक्किमको नाम उज्जव बनाउने काम गरिरहेको बताए। उनले यस अघि 2019 मा पनि गेजिङमा राष्ट्रिय स्तरको स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप आयोजना गरिएको जानकारी गराए। उनले राज्य सरकारको सराहना गर्दै अहिले सबैले खुल्लारूपमा कार्यक्रमहरू आयोजना गर्न पाइरहेको छ भने।
भोटियाले राष्ट्रियस्तरको प्रतियोगिता सिक्किमै आयोजना भइरहेकाले यहॉंका धेरैभन्दा धेरै स्थानीय खेलाड़ीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्य अध्यक्ष राईको रहेको बताए। उनले यस च्याम्पियनशिपमा सिक्किमबाट 150 खेलाड़ीहरूले भाग लिइरहेको अवगत गराउॅंदै राज्यका खेलाड़ीहरूबाट राम्रो प्रदर्शनको आशा व्यक्त गरे। उनले संघका अध्यक्षकै सोचका कारण यसपाली पहिलोपल्ट सिक्किमले रेकर्ड होल्डर खेलाड़ीहरूलाई नगद पुरस्कार प्रदन गर्ने निर्णय लिएको बताए।

You Might Also Like

World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth

बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री

राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह सम्पन्न

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureCultureInvestmentLatest NewsNationalSA Nepali

राजधानीको भानु उद्यानमा 211औं भानु जयन्ती पालन

Aaron Rai Aaron Rai July 13, 2025
उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
Mero Alaichi, Mero Dhan: Pioneering Large Cardamom Revival in Sikkim
CM Golay attends NDA Meeting in New Delhi
भक्तिभावका साथ पालन गरियो सागा दावा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?