By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने
LifestyleSports

12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने

Aaron Rai
Last updated: July 5, 2025 3:55 pm
Aaron Rai Published July 5, 2025
Share
SHARE


गान्तोक, 05 जुलाई। सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका 20 जना खेलाडीहरूले थाइल्याण्डमा आयोजना हुने 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप 2025 मा भाग लिने भएका छन्। उक्त अन्तरराष्ट्रिय स्तरको च्याम्पियनशिपमा भारतका 56 जना खेलाडीहरूले भाग लिनेछन्, जसमा सिक्किमबाट 20 जना खेलाडीहरू रहेका छन्। उक्त जानकारी संस्थाका कार्यकारी अध्यक्ष एलेन तार्गेनले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
उनले थाइल्याण्डको पटायामा आगामी 16 देखि 19 जुलाईसम्म 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप 2025 आयोजना भइरहेको बताए। यस प्रतियोगितामा सिक्किमबाट देशलाई प्रतिनिधित्व गर्दै 20 जनाले भाग​ लिइरहेको उनले जानकारी गराए। 20 जनामा 11 जना महिला प्रतिभागी छन् भने 9 जना पुरुष प्रतिभागी सामेल छन्। उनले सिक्किमको राज्य टोलीलाई संस्थाका प्रमुख प्रशिक्षक एवं खेलाडी पेमा दोर्जी भोटियाले नेतृत्व गर्ने बताए।
कार्यकारी अध्यक्ष तार्गेनले स्ट्रेन्थ लिफ्टिङ ओलम्पिक खेलहरूमा सामेल नरहे तापनि मुख्यमन्त्री प्रेमसिंह तामाङले कुनै प्रकारको भेदभाव नगरि सबै खेलाडीहरूलाई समान रूपले सहायता प्रदान गरिरहेकोमा संस्थाको तर्फबाट कृतज्ञता प्रकट गरे। उनले आगामी नोभेम्बर महिनामा संस्थाले सिक्किममा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी गराए।
यस अतिरिक्त, उनले पत्रकार सम्मेलनमा उपस्थित संस्थाका संस्थापक अध्यक्ष एवं एसकेएम पार्टीको खेलकुद शाखाका अध्यक्ष रिन्जिङ वाङ्ग्याल भोटियाको ध्यान आकर्षित गर्दै सरकारी कर्मचारीहरूले तलब बिना विदाको सुविधा पाए प्रतियोगिताहरूमा भाग लिन धेरै सहयोग पुग्ने बताए।
यसैगरी, प्रमुख प्रशिक्षक पेमा दोर्जी भोटियाले यसपाली सिक्किम राज्य टोलीमा महिला प्रतिभागीहरूको संख्या धेरै रहेको बताउॅंदै यो महिला सशक्तिकरणको एउटा उदाहरण रहेको बताए। उनले वर्तमान सरकारको खेल क्षेत्रमा राम्रो नीतिका कारण खेलाडीहरूको संख्या लगातार बढिरहेको छ भने। उनले राज्यका खेलाडीहरूलाई शुभकामना दिॅंदै खेलाडीहरूले राज्य र देशको नाम रोशन गरेर फर्किने अवश्वास व्यक्त गरे।
संस्थापक अध्यक्ष रिन्जिङ वाङ्ग्याल भोटियाले वर्तमान सरकारमा खेलकुद क्षेत्र फस्टाएर गइरहेको बताए। उनले यस संस्थालाई यहॉंसम्म ल्याउने पेमा दोर्जी भोटिया, एलेन तार्गेन लगायत संस्थाका अन्य पदाधिकारीहरूको प्रयासको सराहना गरे। सरकारी कर्मचारीहरूको निम्ति तलब बिना विदाको विषयमा बोल्दै यो विषय मुख्यमन्त्री समक्ष राख्ने र मुख्यमन्त्रीबाट सकारात्मक प्रतिक्रिया आउने आशा व्यक्त गरे। उनले राज्य टोलीका सबै खेलाडीहरूलाई प्रतियोगितामा राम्रो प्रदर्शनको निम्ति शुभकामना दिए।

You Might Also Like

International Day of Older Persons Observed at Melli Dara GPU

43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने

सिङलिङ एससी बन्यो 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप विजेता

24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेताहरूको लागि पुरस्कार घोषणा

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Aaron Rai Aaron Rai June 2, 2025
लोकभवनमा शहीद दिवस मनाइयो
सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना
एसडीएफ प्रतिनिधि टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेटघाट
Auditions for PwD Talent Hunt ‘Jhoom International’ Successfully Conducted in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?