By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धा शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > 49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धा शुरु
EntertainmentNationalSports

49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धा शुरु

Suk Raj Aaron Rai
Last updated: November 16, 2026 5:39 pm
Suk Raj Aaron Rai Published November 16, 2026
Share
SHARE

गान्तोक, 16 नोभेम्बर। मुख्यमन्त्री पीएस तामाङले सोमवार गान्तोकस्थित पाल्जोर स्टेडियमको इण्डोर ब्याडमिन्टन हलमा योनेक्स-सनराइज 49औँ अन्तरराज्य, अन्तरक्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशिपको व्यक्तिगत स्पर्धाको उद्घाटन गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले देशभरिबाट आएका विशिष्ट अतिथि, खेलाड़ी, प्रशिक्षक र पदाधिकारीहरूलाई सिक्किममा स्वागत गरे। उनले यस प्रतिष्ठित च्याम्पियनशिपको आयोजनालाई राज्यका लागि एक ऐतिहासिक कोसेढुङ्गा र राष्ट्रिय खेलकुदको मानचित्रमा सिक्किमको बढ्दो उपस्थितिको प्रतिबिम्बका रूपमा वर्णन गरे। उनले च्याम्पियनशिप आयोजना गर्ने जिम्मेवारी सिक्किमलाई सुम्पिएकोमा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) प्रति आभार व्यक्त गरे र यसका अध्यक्ष तथा असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाको सहयोग र प्रोत्साहनको सराहना गरे। उनले ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास) र यो प्रतियोगिता आयोजना गर्न संलग्न सबैको प्रशंसा पनि गरे।युवाहरूको मानसिकता निर्माणमा खेलकुदको महत्त्वबारे प्रकाश पार्दै मुख्यमन्त्रीले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र चरित्र विकासमा खेलकुद गतिविधिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले खेलकुद पूर्वाधारलाई सुदृढ़ पार्न तथा युवा खेलाड़ीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न थप अवसरहरू सिर्जना गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्याए। उनले युवा विकास, महिला सशक्तिकरण, स्वास्थ्य र खेलकुदमा समावेशी सहभागितामा सरकारको विशेष ध्यान रहेको कुरामा जोड़ दिए।यो च्याम्पियनशिपले उदाउँदा ब्याडमिन्टन प्रतिभाहरूका लागि एक बहुमूल्य मञ्च प्रदान गर्नुका साथै सिक्किमको खेलकुद संस्कृतिलाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गर्दै उनले सबै सहभागीलाई सफलताको शुभकामना दिए साथै उनले खेलाड़ीहरूलाई निष्पक्ष खेल (फेयर प्ले) र खेल भावना कायम राख्न प्रोत्साहित गरे। मुख्यमन्त्रीले राज्यमा आएका सबै टोलीको बसाइ सुखद र स्मरणीय रहोस् भन्ने कामना पनि गरे।कार्यक्रमको शुरुआत राष्ट्रिय गानबाट भयो। त्यसपछि ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष जेकब खालिङले मुख्यमन्त्रीलाई खादा अर्पण गरे।आफ्नो स्वागत सम्बोधनमा खालिङले मुख्यमन्त्री, विशिष्ट अतिथि, ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाका प्रतिनिधि, प्राविधिक पदाधिकारी र सहभागी टोलीहरूलाई स्वागत तथा अभिवादन व्यक्त गरे। यस च्याम्पियनशिपलाई सिक्किमका लागि एक कोसेढुङ्गा सरहको उपलब्धि बताउँदै उनले यसमा लगभग 600 प्रतिनिधिको सहभागिता रहेको उल्लेख गरे, जसमा सबै 28 राज्य र पाँच केन्द्र शासित प्रदेशको प्रतिनिधित्व गर्ने करिब 460 खेलाड़ी समावेश थिए।उनले सिक्किमलाई यो प्रतिष्ठित च्याम्पियनशिप आयोजना गर्ने अवसर प्रदान गरेकोमा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाप्रति आभार व्यक्त गरे साथै मुख्यमन्त्री र राज्य सरकारबाट प्राप्त निरन्तर सहयोग, विशेषगरी यस प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमको मान्यता दिएकोमा, प्रशंसा गरे। उनले यहाँ आएका विभिन्न टोलीलाई सिक्किमको परम्परागत आत्मीयता र आतिथ्यको आश्वासन पनि दिए।जोरेथाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष विशाल मुखियाले मुख्यमन्त्रीलाई प्रतियोगिताको स्मृति-चिह्न प्रदान गरे। यसका साथै ‘डच एण्ड जर्मन ओपन वर्ल्ड ग्रान्ड प्रिक्स 2026’-मा देशको प्रतिनिधित्व गर्ने ‘इण्डियन जुनियर नेशनल टिम’-का सदस्य तथा गुजरात र असम ब्याडमिन्टन एसोसिएशनका प्रतिनिधिहरूले पनि मुख्यमन्त्रीलाई विशेष स्मृति-चिह्न प्रदान गरे।

Sikkim Paryavaran Parva commences in Gangtok District

गेजिङमा श्रावण कुमार पुरस्कारलाई लिएर तयारी बैठक सम्पन्न

छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो

सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 2, 2025
CM attends Golden Jubilee Celebration of Sawali Gaon Government Secondary School
जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई
सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?