By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन
Sikkim

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

SA Desk
Last updated: September 5, 2024 1:31 pm
SA Desk Published September 5, 2024
Share
SHARE

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस

“आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो ।” यो मन्तव्य हो सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत हुनु हुने प्रो डा नम्रता तामाङ (थापा) को । उनलाई आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा कलेजले यस वर्षदेखि स्थापना गरेको पहिलो गुरु-गौरव सम्मान प्रदान गयो ।

धेरै वर्षको अन्तरालपछि गए सालदेखि प्रारम्भ गरिएको महाविद्यालय स्तरीय शिक्षक दिवसको अवसरमा प्राचार्य डा देवव्रत पुरोहित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले आफ्नो सम्बोधनमा आजको प्राविधिक उन्नति र प्रगतिको पराकाष्ठ समयमा गुरुको भूमिका चुनौतिपूर्ण रहनाका साथै साह‌सिक रहेको बताए । शिक्षण व्यवसाय चाहेर हुने नभई चुनेर मात्र पाइने उल्लेख गरे।

शिक्षक प्रतिनिधिका रूपमा आफ्नो मन्तव्य राख्दै डा प्रमिला छेत्रीले कलेजमा विद्यार्थीहरूले शिक्षकका लागि देखाएको सौहार्दताले अभिभूत बनाएको र शिक्षक-शिष्यको सुमधुर सम्बन्धले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । नेपाली विभागका विभागाध्यक्ष डा उदय छेत्रीले गुरु-गौरव सम्मान स्थापनाको औचित्यमाथि प्रकाश पार्दै प्राचार्यको उदारमना भावकै कारण यो कार्यक्रम र गुरु-गौरव सम्मानको परिकल्पनाले साकार रूप पाउन सफल भएको बताए।

महाविद्यालयको पहिलो गुरु- गौरव सम्मानकी प्रापक प्रोफेसर डा नम्रता तामाङ थापाले उक्त सम्मानले आफूमाथि ठुलो उत्तरदायित्व सुम्पेको र आफू यसबाट उऋण हुननसक्ने बताउँदै आफ्नो कार्यस्थल तथा घरले यसरी सम्मान गर्दा हर्षविभोर बनेको बताइन् । आफ्नो कामप्रति निष्ठापूर्वक लगनशील भए अवश्य सम्मानित हुने विश्वास लिएर अध्ययन अध्यापन गर्ने सद्विचार साझा गरिन् ।


नेपाली विभागको यस आयोजनमा सम्पूर्ण कार्यक्रमको सञ्चालन नेपाली विभागकी सम्मान पाँचौँ सत्रकी विद्यार्थी पूजा छेत्रीले गरेकी थिइन् । कार्यक्रमलाई तेस्रो सत्र नेपाली सम्मानकी विद्यार्थी सुमित्रा शर्माले स्वागत जनाएकी थिइन् । कार्यक्रममा लिम्बू, भोटिया र नेपाली विभागका विद्यार्थीहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए। कार्यक्रमलाई डा टेकबहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

You Might Also Like

Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris

Governor Mathur recalls key milestones as he completes one year in office

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न

Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr

विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण

TAGGED:SikkimSikkim news
Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation

IPR Report IPR Report November 11, 2024
वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित
मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट
सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव
Chief Secretary reviews preparations for Sikkim’s Golden Jubilee Celebrations
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?