गान्तोक, 08 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग आज दार्जिलिङका कलाकारहरूले शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्रीसॅंग नेपाली हास्य धारावाहिक ‘अमुइनी’ का बाल कलाकारहरू युडेन लामा (भङ्गेरी) र आहाना गुरुङ (झ्याउॅंकिरी) लगायत सोशियल मिडियामा स्टार सपनको नामले परिचित सपन सुब्बाले भेट गरेका छन्।
मुख्यमन्त्री तामाङले कलाकारहरूलाई उनीहरूको कलात्मक यात्रामा निरन्तर सफलता र धेरै उपलब्धिहरूको कामना गरेका छन्। उनीहरूले आफ्नो असाधारण प्रतिभाले आफ्ना दर्शकहरूलाई प्रेरणा र आनन्द दिइरहुन् भनी उनले शुभकामना पनि व्यक्त गरेका छन्।

Leave a comment