गान्तोक, 27 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज रूम्तेकको धर्म चक्र केन्द्रमा आयोजित वार्षिक परम्परागत महाकाल अनुष्ठान नृत्य ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई पनि अनुष्ठानमा सहभागी बनिन्।
गहिरो भक्तिभावका साथ पालन गरिने यो पवित्र अनुष्ठानले नकारात्मक उर्जालाई नष्ट गरी शान्ति, सद्भाव र समृद्धिको लागि आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ। कार्यक्रममा सिक्किमको समृद्ध आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रदर्शन गर्दै जीवन्त मुखौटा नृत्यहरू र अन्य समारोहहरू प्रस्तुत गरिएको थियो।
मुख्यमन्त्रीले जीवन्त मुखौटा नृत्य र समारोहहरूको साक्षी बन्न पाउनु सॉंच्चै समृद्ध अनुभव रहेको बताउॅंदै समारोहले सिक्किमको गहिरो आध्यात्मिक सम्पदा र सांस्कृतिक विरासतलाई प्रतिबिम्बित गरेको बताएका छन्।