गान्तोक, 01 मार्च। सिक्किमको दुई दिवसीय भ्रमणमा रहेका केन्द्रिय नागरिक उड्डयन एवं सहकारिता राज्यमन्त्री मुर्लीधर मोहोलले आज राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपाल र केन्द्रिय राज्यमन्त्रीबीच विशेषगरी सिक्किमको हवाईअड्डाको मुद्दामाथि चर्चा भएको राजभवनले विज्ञप्तिमा जनाएको छ।
राज्यपालले हवाईअड्डामा उन्नत ल्याण्डिङ सिस्टम शीघ्र शुरू गर्न जोड दिए। यसका साथै उनले अन्य एयरलाइनका फ्लाइट्स (स्पाइसजेट बाहेक) सेवा पनि शुरू गर्न चर्चा गरे।
राज्यमन्त्री मोहोलले चॉंडै हवाई सेवा र उन्नत ल्याण्डिङ सिस्टम शुरू गरिने आश्वासन दिए। यस अतिरिक्त, उनले अन्य एयरलाइनको फ्लाइट्स सेवा पनि सिक्किमको हवाईअड्डाबाट चॉंडै शुरू गरिने बताए।

Leave a comment