गान्तोक, 22 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रेस क्लब अफ सिक्किमको अध्यक्ष पदमा निर्वाचित भएको समीर हाङ लिम्बू तथा कार्यसमितिका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।मुख्यमन्त्रीले आज बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा प्रेस क्लबको नवनिर्वाचित सदस्यहरूलाई बधाई दिँदै भने, ‘नयाँ कार्यसमितिले नैतिक जिम्मेवार र व्यावसायिक पत्रकारिताका मूल्य-मान्यतालाई निरन्तर प्रवर्द्धन गर्दै सञ्चारकर्मीहरूको हित, सञ्चार क्षेत्रको सुदृढीकरण तथा सिक्किमको मिडिया क्षेत्रको समग्र विकासका लागि प्रभावकारी रूपमा कार्य गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ।’मुख्यमन्त्रीले नवनिर्वाचित कार्यसमितिलाई सफल, फलदायी र प्रभावशाली कार्यकालको शुभकामना दिएका छन्।


