By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 शुरू
Art & LiteratureLatest News

दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 शुरू

SA Desk
Last updated: March 3, 2025 9:24 pm
SA Desk Published March 3, 2025
Share
SHARE

नाम्ची, 03 मार्च। दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 को उद्घाटन समारोह आज नाम्चीको टाउन हलमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमको आयोजना भोइस एनजीओ नाम्चीले एसकेएम सांस्कृतिक शाखाको समर्थनमा गरिरहेको छ। स्थानीय कलाकारहरूलाई सशक्त बनाउने र सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको अवधारण अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण विभाग एवं संस्कृति विभागका मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा प्रमुख सल्लाहकार तथा पूर्व विधायक कृष्ण राई, सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, विधायक सतीशचन्द्र राई, विधायक एनबी प्रधान, विधायक सन्जित खरेल, विधायक मदन सिन्चुरी तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधित गर्दै मुख्य अतिथि मन्त्री ढुङ्गेलले स्थानीय कलाकारहरूको प्रतिभालाई उजागर गर्न एउटा मञ्च सिर्जना गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरे। उनले कार्यक्रमको दोस्रो संस्करण सफल भएकोमा सिक्किम कलाकार भरोसा सम्मेलनको आयोजक समितिको पनि प्रशंसा गरे।
उनले सरकारी रोजगारीको दायराभन्दा बाहिर अवसरहरू खोज्न प्रेरित गर्दै सिक्किमका आकांक्षी कलाकारहरूलाई आफ्नो कलात्मक जोशलाई व्यवहार्य पेशामा रूपान्तरण गर्न प्रोत्साहित गरे। उनले सिक्किमको समृद्ध परम्परागत अभ्यास र सांस्कृतिक सम्पदाको बारेमा सम्बोधन गर्दै राज्यलाई एकताबद्ध गर्ने यी परम्पराहरूको संरक्षणको आवश्यकतामा जोड दिए। उनले प्रत्येक व्यक्तिलाई आफ्नो सांस्कृतिक सम्पदामा सक्रिय रूपमा संलग्न हुन र कायम राख्न आग्रह गरे।
मन्त्रीले सिक्किममा आत्महत्याका घटनाहरूको बढ्दो संख्याप्रति आफ्नो चिन्ता व्यक्त गरे र कलाकारहरूलाई यस महत्वपूर्ण मुद्दाको बारेमा जागरूकता जगाउन महत्त्वपूर्ण सामाजिक प्रभाव पार्ने चलचित्रहरू निर्माण गर्न आह्वान गरे। उनले सफलता प्राप्त गर्न दृढ संकल्प र लगनशीलताको महत्त्वमा जोड दिए भने युवा कलाकारहरूलाई सुनौलो, समृद्ध र समर्थ सिक्किमको दृष्टिकोणलाई साकार पार्न भूमिका खेल्न प्रेरित गरे।
कार्यक्रममा संगीत, कला, फिल्म निर्माण, फेसन, रंगमञ्च, नृत्य, हास्य, र कन्टेन्ट क्रिएशन लगायत विभिन्न क्षेत्रका आठ प्रतिनिधिहरूले आफ्नो प्रस्तुति दिएका थिए। यसैगरी, सिक्किमका एक प्रसिद्ध फिल्म निर्माता उगेन छोपेलले आफ्नो व्यक्तिगत यात्रा र बहुमूल्य अनुभवहरू साझा गर्दै फिल्म निर्माणमा आफ्नो विशेषज्ञता साझा गरे।
यसरी नै सिक्किमका प्रसिद्ध निर्देशक एवं पटकथा लेखक प्रशान्त रसाइलीले कलाकार, कला, संस्कृति र समाजमा उनीहरूको उपचारात्मक प्रभावमाथि चर्चा प्रस्तुत गरेका थिए। वरिष्ठ संगीतकार डा. मनोज राईले सांस्कृतिक पर्यटन र यसको सम्भावना र अवसरहरूमाथि प्रकाश पारे।

Pilot phase of e-office system for Pakyong DAC

केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

भाषा मान्यता दिवसमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘राज्य रत्न’ ले सम्मानित गरिने

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureInsider

चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 29, 2025
MLA felicitates CBSE topper of Upper Burtuk
एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई
अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई
RC Poudyal: A Much Feared Man
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?