By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ
Latest NewsSikkim

केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ

SA Desk
Last updated: March 4, 2025 8:26 pm
SA Desk Published March 4, 2025
Share
SHARE

गान्तोक, 04 मार्च। पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले केन्द्र सरकारले चाह्यो भने एकै दिनमा सिक्किम र दार्जिलिङ एकीकरण हुनेछ भनी बताएका छन्। एसडीएफ पार्टीको 33औं स्थापना दिवस कार्यक्रममा बोल्दै चामलिङले यस्तो बयान दिएका हुन्।

राजधानीको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आज आयोजित स्थापना दिवस समारोहमा बोल्दै चामलिङले अहिले सिक्किम र दार्जिलिङ एकीकरणको मुद्दा निकै चर्चाको विषय बनेको बताए। उनले देशको संविधान अन्तर्गत भारत सरकारले चाह्यो भने कुनै पनि समय सिक्किमलाई दार्जिलिङमा गाभ्न सक्छ भनी बताए।
उनले एकै दिनमा एकीकरण सम्भव रहेको दाबी गर्दै यस्तो स्थिति उत्पन्न भएको खण्डमा सिक्किमको निम्ति बोल्ने एसडीएफ बाहेक अरू कुनै पार्टी नरहेको ठोकुवा गरे। उनले 1975 मा सिक्किम भारतमा विलय भएका दृश्यहरू आलै छन् भन्दै एसडीएफ पार्टी सिक्किमको अस्तित्व एक राज्यको रूपमा बचाइराख्न चाहन्छ भने।
यसै क्रममा एसडीएफ अध्यक्ष चामलिङले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग भएको भेटको उल्लेख गरे। उनले मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग सिक्किमलाई बेच्न होइन सिक्किमलाई बचाउन भेट गरेको ठोकुवा गरे। उनले मुख्यमन्त्री ब्यानर्जीको प्रशंसा गर्दै उनी देशकी एक दह्रिलो नेतृ रहेको बताए। उनले मुख्यमन्त्री ब्यानर्जी सिक्किमको शुभचिन्तक रहेको र सिक्किमलाई सघाउने आश्वासन दिएको जानकारी गराए।
यस अघि एसडीएफ अध्यक्षले सामसन तामाङ प्रकरणको कुरा गर्दै एक आरोपी व्यक्तिलाई मिडिया समक्ष बोल्न दिएर पुलिसले ठूलो गल्ती गरेको आरोप लगाए। यसको निम्ति सिक्किम पुलिस जवाफदेही रहेको उनले बताए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङले सामसन तामाङ प्रकरणमा थप 3/4 जनाको नाम खुलासा हुनेछ भनी दिएको बयानले यस प्रकरणको प​छाडि उनी स्वयं संलग्न छन् भन्ने पुष्टि गरिदिएको पनि उनले दाबी गरे।
उनले सामसन तामाङसॅंग अहिले सोधपुछ चलिरहेको छ भने मुख्यमन्त्रीलाई यसमा अझ मानिसहरू संलग्न छन् भन्ने कसरी थाहा भयो भन्दै प्रश्न गरे। उनले मुख्यमन्त्रीको यस्तो बयान विरुद्ध न्यायिक जॉंच हुनुपर्ने मनतव्य राखे। यसैगरी, उनले एसडीएफ पार्टीको कानुन प्रकोष्ठलाई पनि मुख्यमन्त्रीको उक्त बयान विरुद्ध कारबाहीको निम्ति पहल गर्न ध्यान आकर्षित गराए।
उनले आरोपी तामाङको मुख्यमन्त्री लगायत ठूला व्यक्तिहरूसॅंग नजिकको सम्बन्ध रहेको कुरा खुलिसकेको छ भन्दै यस प्रकरणको सीबीआईद्वारा जॉंचको माग गरे। आफ्नो सम्बोधनको क्रममा एसडीएफ अध्यक्ष चामलिङले मुख्यमन्त्री तामाङमाथि जनतालाई ढॉंटेर सत्तामा आएको आरोप पनि लगाए। एसकेएम सरकारले पञ्चायत चुनाउलाई पहिले पार्टीविहीन गराइसकेपछि अब फेरि पार्टी आधारित गर्ने निर्णय लिएर एसडीएफ पार्टी सही थिएछ भन्ने पुष्टि गरिदिएको उनले बताए।
यसैगरी, उनले 2026 को सीमाङ्कन अवधि लिम्बू र तामाङले सीट आरक्षण पाउने सम्भावना रहेको बताउॅंदै सीट आरक्षण हुन नसकेको खण्डमा जनजातिको मान्यतासमेत जोखिममा पर्न सक्ने आशंका व्यक्त गरे। उनले आयकर छुटको रूपमा प्राप्त अधिकारको प्रयोग जिम्मेवरीपूर्वक गरिनुपर्छ भने। तर, वर्तमान सरकारमा आयकर छुट धरापमा परेको छ भन्दै आयकर मुद्दाले पहिले सरकार नै खाएको थियो भने अब सिक्किमलाई नै खाने स्थिति रहेको उनले दाबी गरे।

You Might Also Like

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

Kanooni Sahayog Abhiyan Held at Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationLatest NewsNational

Sikkim joins nationwide ‘Sardar@150 Unity March’ as Sports Minister launches event in Gangtok

Aaron Rai Aaron Rai October 16, 2025
Second Preparatory Meeting for Rankey Mela 2025 in Namchi
Mock Drill at Deorali Ropeway Tests Gangtok’s Emergency Response Readiness
मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?