गान्तोक, 26 अप्रेल। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज केन्द्रिय विद्युत, आवास एवं शहरी मामिला मन्त्रालयका मन्त्री मनोहर लाल खट्टरले राजभवनमा शिष्टाचार भेट गरे। केन्द्रिय मन्त्री आधिकारिक भ्रमणमा हिजो राति सिक्किम आइपुगेका हुन्।
राज्यपाल माथुरले केन्द्रिय मन्त्रीलाई राजभवनमा न्यानो स्वागत जनाए। केन्द्रिय मन्त्रीसॅंग भएको बैठकमा 2023 मा आएको विनाशकारी बाढका कारण जलविद्युत परियोजनाहरूलाई पुगेको क्षतिमाथि चर्चा गरियो। बाढले जलविद्युत परियोजनालाई गम्भीर रूपमा क्षति पुऱ्याएको छ, जसकारण राज्यको उर्जा आपूर्ति बाधित भयो र बुनियादी ढॉंचालाई पनि भारी क्षति भएको छ।
राज्यपालले सिक्किमको जलविद्युत क्षमतालाई आत्मनिर्भरता र आर्थिक विकासको आधार बताए। केन्द्रिय मन्त्रीले जलविद्युत परियोजनाहरूलाई पुगेको क्षति र यसको पुनरुद्धारप्रति केन्द्र सरकारको प्रतिबद्धता दोहोऱ्याए। यस अतिरिक्त, बैठकमा शहरी विकास सम्बन्धित परियोजनाहरूमाथि पनि विस्तृत चर्चा भएको बताइएको छ।
बैठकमा केन्द्र र राज्य सरकारको समन्वयमा यी परियोजनाहरूको प्रभावी कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरियो। बैठकमा राज्यपालका सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित थिए।
केन्द्रिय मन्त्री 27 अप्रेलसम्म सिक्किमको भ्रमणमा रहनेछन्। यस अवधिउनले अन्य महत्वपूर्ण परियोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको राजभवनले बताएको छ।

Leave a comment