गान्तोक, 04 मई। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज कन्द्रिय सामाजिक न्याय एवं अधिकारिता राज्यमन्त्री रामदास अठावलेले राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा सिक्किमको सामाजिक विकास, विशेष रूपमा महिला सशक्तिकरण एवं सामाजिक न्यायका विभिन्न पक्षमाथि विचार विमर्श गरिएको राजभवनले बताएको छ।
राज्यपालले सिक्किममा महिलाहरूको सशक्त भूमिकामाथि प्रकाश पार्दै भने, यहॉंका महिलाहरूले सामाजिक संरचनामा अग्रणी हुनुका साथै आर्थिक, शैक्षिक र राजनीतिक क्षेत्रहरूमा पनि प्रभावी नेतृत्व गरिरहेका छन्। सिक्किमका महिलाहरूको आत्मनिर्भरता र सामाजिक भागीदारी सम्पूर्ण देशको निम्ति प्रेरणाको स्रोत हो।
कुराकानीको क्रममा राज्यमन्त्रीले भने, केन्द्र सरकार समाजका हरेक वर्ग, विशेष रूपमा किनारीकृत समुदायका अधिकारीहरूको सुरक्षा र सशक्तिकरणप्रति पूर्ण रूपमा प्रतिबद्ध छ।

Leave a comment