गान्तोक, 14 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय समाचार पत्र ‘द हिन्दू’ को 13 मई, 2025 को संस्करणमा भारतको मानचित्रबाट सिक्किम राज्यलाई हटाएकोमा प्रतिक्रिया जनाएका छन्। उनले यो केवल भूल मात्र होइन, यो राष्ट्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने गम्भीर र अस्वीकार्य त्रुटि रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त समाचार पत्रको गम्भीर त्रुटिको कडा निन्दा गर्दै हिन्दू लगायत सबै मिडिया संस्थाहरूलाई देशलाई सही र सम्मानजनक रूपमा चित्रण गर्न सुझाउ पनि दिएका छन्।
सिक्किमले राज्य स्थापनाको 50औं वर्ष मनाइरहेको समयमा यस्तो गलत प्रस्तुतिले सिक्किमका जनतालाई गहिरो चोट पुऱ्याउॅंछ भन्दै उनले यो हाम्रो गणतन्त्रको एकताको अपमान पनि हो भनी बताएका छन्। उनले सिक्किम भारतको अभिन्न अंग रहेको र यसको पहिचान संविधानको धारा 371 एफ अन्तर्गत दृढतापूर्वक सुरक्षित गरिएको उल्लेख गरेका छन्।
Leave a comment


