गान्तोक, 21 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशन, दिल्लीको नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारीहरूसॅंग भेट गरे। कार्यकारी समितिको अगुवाई अध्यक्ष किशोर छेत्रीले गरेका थिए।
मुख्यमन्त्रीले आज सोशियल मिडियामा विद्यार्थीहरूको शैक्षिक यात्रा र आकांक्षाहरूको बारेमा अर्थपूर्ण कुराकानीमा संलग्न हुन पाउँदा खुशी लागेको बताएका छन्। उनले यी युवाहरूको उत्साह, दृढ संकल्प र उद्देश्यको स्पष्टता साँच्चै प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले विद्यार्थीहरू सबैलाई उनीहरूको भविष्यको प्रयासको लागि शुभकामना दिएका छन्। उनले विद्यार्थीहरूलाई कडा परिश्रम गरिरहन, सिक्किमको मूल्यमान्यतालाई कायम राख्न तथा राज्य र राष्ट्रलाई गौरवान्वित तुल्याउन प्रयास गर्न आह्वान गरेका छन्।

Leave a comment