By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक
Art & LiteratureEducationLatest NewsWorld

मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक

Suk Raj Aaron Rai
Last updated: December 8, 2025 5:28 pm
Suk Raj Aaron Rai Published December 8, 2025
Share
SHARE

गान्तोक, ८ दिसम्बर : सिक्किमको साहित्यिक सम्पदाको महत्वपूर्ण उत्सवस्वरूप मुख्यमन्त्री प्रेम सिंह तामाङले आज “माटो पिरती” काव्य–सङ्ग्रहको औपचारिक विमोचन गरे। यो कृति यस वर्षको अक्टोबर १८ मा सम्पन्न “माटो कवि जीवन थिङ कविता उत्सव–२०२५” मा सिक्किमेली कविहरूद्वारा वाचन गरिएका कविताहरूको सङ्कलन हो। सिक्किम अकादेमी पुरस्कार–२०२५ को अवसरमा सम्मान भवन, गान्तोकमा आयोजित कार्यक्रममा राज्यभरिका साहित्यकार, सांस्कृतिककर्मी तथा कविताप्रेमीहरूको उपस्थिति रहेको थियो।

सिक्किम अकादेमीद्वारा प्रकाशित यस काव्य–सङ्ग्रहमा नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा सिर्जित कविता समावेश छन्, जसले सिक्किमको बहुभाषिक सृजनात्मकतालाई उजागर गर्छ। कुल ४० जना कविका रचनाहरू समावेश पुस्तकको सम्पादन चर्चित कवि प्रवीण खालिङले गरेका हुन्। उनले कृति प्रकाशनमा सहकार्य र समर्थन प्रदान गर्ने सबै कवि तथा अकादेमीप्रति आभार व्यक्त गरे।

सिक्किम अकादमीका अध्यक्ष एस. आर. सुब्बाले “माटो कवि जीवन थिङ कविता उत्सव” लाई आगामी वर्षहरूमा पनि अकादेमीको वार्षिक सांस्कृतिक पात्रोमा नियमित रूपमा समावेश गरिने जानकारी दिए। उनका अनुसार यसले उदाउँदै गरेका लेखकहरूलाई सृजनात्मक मञ्च प्रदान गर्नुका साथै सिक्किमको जीवन्त काव्य–परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम अकादेमीको प्रयासको प्रशंसा गर्दै कलात्मक अभिव्यक्तिको प्रवर्द्धन राज्यको प्राथमिकता भएको बताए। उनले योगदान दिने सबै कविहरूलाई सिक्किमको माटो, मन र पहिचानलाई कविता मार्फत् उजागर गरेकोमा बधाई ज्ञापन गरे।

“माटो पिरती” काव्य–सङ्ग्रहको प्रकाशनले समकालीन सिक्किमी साहित्यमा एउटा महत्वपूर्ण अध्याय थपेको छ र राज्यको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

State BJP takes up NH10 issue with DoNER minister

SA Desk SA Desk September 6, 2024
Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan
दलाई लामाका ठूलो दाजुको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project
विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?