By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
EnvironmentNationalSA Nepali

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

Suk Raj Aaron Rai
Last updated: May 28, 2025 6:22 pm
Suk Raj Aaron Rai Published May 27, 2025
Share
SHARE

गान्तोक, 27 मई। कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर चौतर्फी विरोध हुन थालेपछि सिक्किम सरकारले आफ्नो स्पष्टीकरण दिएको छ। एकातिर, सरकारले यो आरोहण सिक्किमबाट नभएको स्पष्ट गरेको छ भने अर्कोतिर, कञ्चनजङ्घा आरोहणको निम्ति भारत सरकारले समेत अनुमति नदिएको दाबी गरेको छ। यो कार्य पूर्ण रूपमा नेपालपट्टिबाट भएको स्पष्टीकरण दिइएको छ।
उल्लेखनीय छ, हालैमा कञ्चनजङ्घा पर्वतको आरोहण गरिएको समाचार प्रकाशमा आएपछि सिक्किममा राजनीतिक पार्टीहरू लगायत विभिन्न संघ संस्थाले यसको विरोध गरिरहेको छ। संघ संस्थाहरूले सिक्किम सरकार कञ्चनजङ्घा पर्वतको आरोहण रोक्न विफल बनेको आरोप लगाएका छन्। भविष्यमा कञ्चनजङ्घा पर्वतमा आरोहण हुन नदिन संघ संस्थाहरूले सरकारलाई आवश्यक पाइला चाल्न माग गरेका छन्।
सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले सिक्किमबाट कञ्चनजङ्घा पर्वतको आरोहण भयो भन्ने आरोप निराधार रहेको स्पष्ट गरेका छन्। उनले आज मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै कञ्चनजङ्घा पर्वतको निम्ति सिक्किमबाट कुनै पनि प्रकारको अभियान भएको छैन भनी बताए।
उनले कञ्चनजङ्घा पर्वतलाई सिक्किमको पवित्र हिम शिखरहरूको सूचीमा सूचीबद्ध गरिएको छ भने पवित्र कञ्चनजङ्घा पर्वतको सम्मानमा हरेक वर्ष पाङल्हाब सोल पर्व पनि मनाइन्छ भनी बताए। यस कारण सरकारले यस्तो कार्य भूलेर पनि गर्नेछैन भन्दै उनले अफवाह फैलाउने काम भइरहेको बताए।
मन्त्री भोटियाले कञ्चनजङ्घा पर्वतको आरोहणको खबर प्रकाशमा आउने बित्तिकै मुख्यमन्त्री प्रेमसिंत तामाङले केन्द्रिय गृह मन्त्रालयमा पत्राचार गरेर यो मुद्दा उठाएको जानकारी गराए। मुख्यमन्त्रीले आफ्नो पत्रमा सिक्किमको पवित्र कञ्चनजङ्घा पर्वतमाथि आरोहण हुनु हुॅंदैन भनेर उल्लेख गरेको उनले बताए। उनले केन्द्रिय गृह मन्त्रालयले पनि यस सम्बन्धमा नेपाल सरकारलाई पत्राचार गरेर आरोहणको कुरा उठाएको आफूहरूले थाहा पाएको बताए।
यसैगरी, राज्य वन तथा पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाले पहिले पनि अज्ञानतावश सिक्किमका हिम शिखरहरूमा आरोहणको अनुमति प्रदान गरिएको थियो, तर सिक्किम सरकारले तत्काल पत्राचार गरेपछि केन्द्र सरकारले आफ्नो निर्णय फिर्ता लिएको जानकारी गराए।
उनले यसपाली कञ्चनजङ्घा पर्वतको आरोहण पूर्ण रूपमा नेपालपट्टिबाट भएको स्पष्ट गरे। उनले कञ्चनजङ्घा पर्वतको आरोहणको निम्ति सिक्किम सरकारले अनुमति दिने कुनै आउॅंदैन भने भारत सरकारले पनि अनुमति नदिएको दाबी गरे। उनले कञ्चनजङ्घा पर्वत हाम्रो निम्ति पनि उतिकै पवित्र हो भन्दै सरकारले आफ्नो जिम्मावारी पूरा गरिरहेको बताएका छन्।

राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे

Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note

Governor and Chief Minister inaugurates QR-Based Entry System at Orchidarium in Swarna Jayanti Maitreya Manjari

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EntertainmentSikkimSports

Football Thrills, Patriotic Performances, and Statehood Milestone Mark Gyalshing’s Ongoing 79th Independence Day Celebrations

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 11, 2025
सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय
राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”
राज्यपालले राज्यवासीहरूमा असार 15 को हार्दिक शुभकामना व्यक्त गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?