By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न
SikkimSports

विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न

Aaron Rai
Last updated: June 22, 2025 2:27 pm
Aaron Rai Published June 22, 2025
Share
SHARE

गान्तोक, २२ जून।
दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत पर्ने ४१–माम्ले ग्राम प्रशासन केन्द्र (GPK) द्वारा आयोजना गरिएको स्पोर्ट्स मिट २०२५ परम्परागत तथा मनोरञ्जनात्मक खेलकूद कार्यक्रमहरूका साथ भव्य रूपमा सम्पन्न भएको छ। माम्ले निम्न माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन जिल्ला पञ्चायत सदस्य श्री मिलन मङ्गरले गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि नाम्ची खण्ड विकास अधिकारी (BDO) उपेन्द्र राई रहनुभएको थियो।

उक्त स्पोर्ट्स मिटको मूल उद्देश्य ग्राम प्रशासन केन्द्र (GPK) र खण्ड प्रशासन केन्द्र (BAC) बीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्नु रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रम अन्तर्गत महिलाहरूका लागि “पासिङ द बल” र “म्युजिकल चेयर” जस्ता रमाइला प्रतियोगिताहरू सञ्चालन गरिएका थिए भने पुरुष वर्गमा “टग अफ वार” प्रतियोगिता प्रमुख आकर्षण बनेको थियो। टग अफ वारमा माम्ले GPK विजयी घोषित भएको थियो। सहभागी टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो, जसले प्रतियोगिताको उत्साह थप उचाइमा पुर्‍याएको थियो।

फुटबल प्रतियोगिता विशेष आकर्षणको रूपमा प्रस्तुत भएको थियो, जसमा नाम्ची BAC र माम्ले BAC बीच प्रतिस्पर्धा भएको थियो। नाम्ची BAC ले एक गोलको विरुद्ध तीन गोल गर्दै स्पष्ट जित दर्ता गर्‍यो।
प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि नाम्ची BAC का खेलाडी दिपेश राई, म्यान अफ द म्याच खण्ड विकास अधिकारी उपेन्द्र राई तथा पहिलो गोलकर्ता (फस्ट स्कोरर) माम्ले BAC का फुर्बा छिरिङ भोटिया घोषित भए।

विशिष्ट अतिथि उपेन्द्र राईले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै खेलकूदले मानिसको मानसिक, शारीरिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने बताउँदै राज्य सरकारको ग्रामीण विकास विभागमार्फत प्रदान गरिँदै आएका विभिन्न योजनाहरूबारे जानकारी गराएका थिए। साथै, माम्ले GPK मा अवस्थित तिरिखोला झरनाको सौन्दर्यकरण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारिएको जानकारी पनि उनले दिए।

मुख्य अतिथि मिलन मङ्गरले ग्रामीण क्षेत्रमा यस्ता खेलकूद प्रतियोगिताको आयोजनले युवाहरूलाई नकारात्मक प्रभावहरूबाट टाढा राख्न तथा स्वास्थ्यप्रति सजग बनाउने दिशामा सहयोग पुर्‍याउने बताए। साथै, यस्ता सचेतनामूलक र स्वास्थ्यवर्द्धक कार्यक्रमहरूको निरन्तर आयोजन आवश्यक रहेकोमा जोड दिँदै, उनले विजेता तथा सहभागी सबै टोलीहरूको उत्साहवर्धन स्वरूप ट्रफीहरू प्रायोजन गरेका थिए।

कार्यक्रमको सञ्चालन ग्राम प्रशासनिक सहायक गङ्गी माया मङ्गरले गर्नुभएको थियो भने पञ्चायत सभापति कृष्ण कुमार मङ्गरले स्वागत मन्तव्य राखेका थिए। ग्राम प्रशासन केन्द्रका सह-निर्देशक डी.बी. राईले धन्यवाद ज्ञापन गरेका थिए। सम्पूर्ण कार्यक्रमको सफल संयोजन ग्राम प्रशासन सहायक पिञ्चो ओङ्मु भोटियाले गरेकी थिइन्।

यसरी, ४१–माम्ले ग्राम प्रशासन केन्द्रद्वारा आयोजित स्पोर्ट्स मिट २०२५ ग्रामस्तरमा खेलकूदप्रतिको जागरुकता अभिवृद्धि गर्दै सामाजिक समरसता र सौहार्दताको सन्देश दिने प्रेरणादायी कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

You Might Also Like

Chief Secretary chairs State-level meeting on Census 2027

Among ‘The Most Admired Homestays in India’

World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth

Chief Information Commissioner of India arrives in Gangtok for national meet

सांसद सुब्बाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई दिए धन्यवाद

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Namprikdang Namsoong Festival 2024-25 begins

IPR Report IPR Report January 10, 2025
नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर
मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे
सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी
नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?