By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे
NationalOpinion

केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे

Suk Raj Aaron Rai
Last updated: May 30, 2026 4:08 am
Suk Raj Aaron Rai Published May 30, 2026
Share
SHARE


सोरेङ, 29 मई। केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले सोरेङ जिल्लाको भ्रमणको दोस्रो दिन आज सोरेङको रुर्बन कम्प्लेक्समा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिए, जसमा जनप्रतिनिधिहरू, जिल्लाका अधिकारीहरू, सरोकारवालाहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
केन्द्रिय मन्त्री शेखावतले आफ्नो सम्बोधनमा भारतका प्रधानमन्त्रीले परिकल्पना गरेका “विकसित भारत” को दृष्टिकोणमाथि प्रकाश पार्दै प्रत्येक नागरिकको सामूहिक दृढ संकल्प र सहभागिता यस अभियानलाई प्राप्त गर्न महत्वपूर्ण रहेको बताए। देशभरका धेरै जिल्लाहरूले सामना गरिरहेका चुनौतीहरूबारे बोल्दै उनले विकासलाई तीव्र पार्ने उद्देश्यले केन्द्रित र प्रतिस्पर्धात्मक दृष्टिकोण मार्फत विकासात्मक अभावहरूलाई पूरा गर्न आकांक्षी जिल्ला कार्यक्रम शुरु गरिएको बताए।
उनले यस कार्यक्रम अन्तर्गत स्वास्थ्य र पोषण, शिक्षा, कृषि र जलस्रोत, वित्तीय समावेशीकरण, सीप विकास र पूर्वाधार विकास प्रमुख केन्द्रित क्षेत्रहरू रहेको जानकारी गराए। केन्द्रिय मन्त्री शेखावतले राष्ट्र हाल परिवर्तनको चरणबाट पार भइरहेको अवगत गराउॅंदै सबै सरोकारवालाहरूलाई विकसित भारतको दृष्टिकोणमा सक्रिय रूपमा योगदान दिन आग्रह गरे। उनले जिल्ला प्रशासन, जनप्रतिनिधि र नागरिकहरूलाई सामूहिक रूपमा काम गर्न प्रोत्साहित गर्दै आकांक्षी जिल्लालाई प्रेरणादायी जिल्लामा विकसित गर्न प्रोत्साहित गरे।
उत्तरपूर्वी क्षेत्रको महत्त्वलाई प्रकाश पार्दै उनले उत्तरपूर्वलाई लिएर धारणामा उल्लेखनीय परिवर्तन आएको र यो क्षेत्रले अब राष्ट्रको एक महत्त्वपूर्ण विकास इन्जिनको रूपमा मान्यता प्राप्त गरिरहेको बताए। पर्यटनको बारेमा बोल्दै उनले पर्यटन विकासलाई परिवर्तनशील विश्वव्यापी धारणा र उदीयमान प्रवृत्तिहरू अनुरुप अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए। उनले प्रकृतिमा आधारित पर्यटन, कल्याण पर्यटन, कार्यक्रममा आधारित पर्यटन र अनुभवात्मक पर्यटनको प्रवर्द्धनलाई यस क्षेत्रको लागि अपार सम्भावना भएका प्रमुख क्षेत्रहरू बताए।
यस अतिरिक्त, शेखावतले आत्मनिर्भरताप्रति राष्ट्रको प्रतिबद्धता दोहोर्‍याए र नागरिकहरूलाई विदेशी मुद्रा बहिर्गमन हुने अनावश्यक खर्चप्रति सचेत रहन आग्रह गरे। उनले सोरेङ जिल्लालाई आकांक्षीबाट प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न सबै सरोकारवालाहरूलाई शुभकामना पनि दिए।

सीएपीद्वारा प्रधानमन्त्री र केन्द्रिय पेट्रोलियम मन्त्रीलाई पत्राचार

एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग

विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू

At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage

प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticianSA NepaliSikkim

सीएपी अध्यक्ष सीजेएम समक्ष प्रस्तुत भए, राजनीतिक असहमतिलाई अपराधीकरण गरिएको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 21, 2026
गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध
Chief Minister Reviews Preparations for Sikkim International Film Festival 2026
सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
Mentors’ Talk at Creative Hub 2.0 Highlights Scope of Anime and Manga Creator Economy in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?