By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
Art & LiteratureJournalismNationalSA NepaliSikkim

कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित

Suk Raj Aaron Rai
Last updated: July 4, 2025 1:37 pm
Suk Raj Aaron Rai Published July 4, 2025
Share
SHARE

गान्तोक, 04 जुलाई। कवि तथा वरिष्ठ पत्रकार प्रवीण खालिङलाई 28औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दन गरिएको छ। राजधानीको चिन्तन भवनमा आज आयोजित पुरस्कार अलङ्करण समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित राज्य शिक्षा एवं खेलकूद विभाग मन्त्री राजु बस्नेतको बाहुलीद्वारा कवि खालिङलाई अभिनन्दित गरियो। कवि खालिङलाई उनको निबन्ध सङ्ग्रह ‘चिया गफ’ को लागि उक्त परस्कार प्रदान गरिएको हो। पुरस्कार स्वरूप खालिङलाई अंगवस्त्र, स्मृति चिन्ह, प्रशस्ति पत्र र नगद राशि अर्पण गरियो।


डा शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टले आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्रममा सुवास दिपकलाई पत्रकारिता, दीपा राईलाई चित्रकारिता, रुपा तामाङलाई कला र विक्रम गौतमलाई फिल्म क्षेत्रमा उनीहरूको उल्लेखनीय योगदानको निम्ति ट्रस्टद्वारा सम्मानित गरियो। पुरस्कृत व्यक्तित्वहरूलाई मुख्य अतिथि र आमन्त्रित अतिथिहरूको बाहुलीद्वारा सम्मानित गरियो।
मुख्य अतिथि शिक्षा मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा डा शोभाकान्ति थेगिममाथि बोल्दै उनी सिक्किमलाई अत्यन्तै माया गर्ने छोरी थिइन् भनी बताए। उहॉं जस्ता स्रष्टाको सदैव सम्झना भइरहॅंदा भाग्यमानी ठान्छौं भन्दै उनले डा शोभाकान्ति थेगिम ट्रस्टको कार्यको सराहना गरे।


मन्त्री बस्नेतले हाम्रो इतिहास हामी आफैले लेख्नुपर्छ भन्ने आफ्नो पक्ष राख्दै अहिलेसम्म हामी अरूहरूले लेखिदिएको इतिहासमाथि नै निर्भर रहनु परिरहेको आशय व्यक्त गरे। यस अतिरिक्त, आज पुरस्कृत कवि खालिङले राखेका कुराहरूको उल्लेख गर्दै मन्त्री बस्नेतले पब्लिक स्कूलहरूमा नेपाली भाषा नपढाइनु चिन्ताकै विषय रहेको बताए। उनले हाम्रा नानीहरू परीक्षाहरूमा विशेषगरि गणित, दोस्रो विज्ञान र तेस्रो नेपाली भाषामा फेल हुन्छन्, जुन चिन्ताको विषय हो भने। उनले नानीहरू नेपाली भाषामा किन फेल भइरहेका छन् भन्ने विषयमाथि विभाग र समाजले ध्यान दिनु आवश्यक रहेको मन्तव्य प्रकट गरे।
यस अघि पुरस्कृत कवि खालिङले आफ्नो सम्बोधनमा पाठकको माया सर्वोपरी हुॅंदोरहेछ भन्दै आफ्नो निबन्ध सङ्ग्रह ‘चिया गफ’ प्रकाशित भएको पॉंच महिनामा 1000 प्रति बिक्री भएको जानकारी गराए। उनले साहित्यकारहरूलाई समाजको दर्पण भनिने गरेको विषयमा बोल्दै साहित्यकारहरूले अब दर्पणपछिका विषयहरूलाई पनि समेट्नु पर्ने स्थिति देखा परिरहेको उनले मन्तव्य राखे।


उनले आफ्नो सम्बोधनमा हामीले आफ्नो इतिहास आफैले लेख्नुपर्छ भन्ने विषयमा जोड दिएका थिए। यस अतिरिक्त, ​कवि खालिङले शिक्षा राज्यका पब्लिक स्कूलहरूमा नेपाली भाषा नपढाइनुप्रति चिन्ता व्यक्त गर्दै शिक्षा मन्त्री बस्नेतको ध्यान आकर्षित गराएका थिए। यसैगरी, उनले अब साहित्यकारहरूले पनि गुणस्तरीय साहित्य लेखनमाथि जोड दिनुपर्छ भन्ने आफ्नो विचार राखेका थिए।
कार्यक्रममा साहित्यकार सुवास दिपकद्वारा अनुवादित पुस्तक ‘पानी के रंग ‘ र साहित्यकार प्रद्युम्न श्रेष्ठद्वारा लिखित ‘मनुष्यत्व’ (कविता सङ्ग्रह) अतिथिहरूको बाहुलाद्वारा विमोचन गरियो। कार्यक्रममा कवि रञ्जना कार्कीले डा शोभाकान्ति थेगिमद्वारा लिखित कविता ‘मेरो देउराली’‌ र आफ्नो स्वरचित कविता वाचन गरेकी थिइन्।
ट्रस्टका अध्यक्ष एवं सभाध्यक्ष डुप छिरिङ लेप्चाले आफ्नो अध्यक्षीय सम्बोधनमा डा शोभाकान्ति थेगिम र स्मृति पुरस्कारमाथि प्रकाश पार्दै कार्यक्रमलाई सफल बनाउन सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका थिए।
कवि मणीका शर्माद्वारा सञ्चालित कार्यक्रममा गायक गणेश ढुङ्गेलले एकल तथा गायकद्वय दिनेश दाहाल र प्रणिता छेत्रीले युगल गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सिक्किमलगायत दार्जिलिङ, कालेबुङ र मिरिकका वरिष्ठ साहित्यकारहरू, विशिष्ट व्यक्तित्वहरू तथा साहित्य अनुरागीहरू उपस्थित थिए।

यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न

युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionpoliticalSA Nepali

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 29, 2025
गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता
गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?