By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कुबेर दाहालको उपन्यास लोकार्पित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कुबेर दाहालको उपन्यास लोकार्पित
Art & LiteratureSA NepaliSikkim

कुबेर दाहालको उपन्यास लोकार्पित

Aaron Rai
Last updated: July 22, 2025 5:03 pm
Aaron Rai Published July 21, 2025
Share
SHARE

गान्तोक: वरिष्ठ साहित्यकार तथा अनुवादक कुबेरचन्द्र दाहालको मौलिक उपन्यास ‘टिस्टा-रङ्गीत’-को आइतवार तादोङ, डाँड़ागाउँस्थित एउटा होटलमा आयोजित भव्य कार्यक्रमबीच विमोचन गरियो। मन्त्री एनबी दाहाल मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा परिवार कल्याण मन्त्री एवम् क्षेत्र विधायक जीटी ढुङ्गेलले गरेका थिए। उपन्यास दाहालको टिस्टा-रङ्गीत दोस्रो कृति हो। यसभन्दा अघि उनले भारतको संविधानलाई नेपाली भाषामा पहिलोपल्ट अनुवाद गरी लगभग 30 वर्षअघि प्रकाशित गरेका थिए।
मुख्य अतिथि एनबी दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकार कुबेरचन्द्र दाहालसहित दाहाल परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। आफ्नो परिवारका सदस्यले समाजका लागि उपयोगी पुस्तक रचना गरेर सम्मान बढ़ाएको जनाउँदै साहित्यप्रेमीहरूको गरिमामय उपस्थितिमा रमाइलो, ज्ञानवर्द्धक कार्यक्रम बनेको बताए।
उपन्यासकार दाहालले आफ्नो सम्बोधनमा सर्वप्रथम हालै दिवङ्गत भएका सिक्किमका पहिचान बनेका पद्मश्री सानु लामालाई ‘सन्तपुरुष’-को संज्ञा दिँदै श्रद्धासुमन अर्पण गरे। उनले आफू सिद्धहस्त उपन्यासकार नभए तापनि जातीय अस्मिताको असहज स्थितिबाट आफूलाई उकुसमुकुस भएको कारण लेख्ने धृष्टता गरेको धारणा राखे। “मान्छेले हाँसेको भुल्न सक्छन्, तर आत्मा रोएको कहिल्यै भुल्न सक्दैनन्। भारतीय नेपाली भाषीहरूको अवस्था केही असहज छ। जातिको यो अस्थिर अवस्थाले निकास पाओस् भन्ने मेरो आन्तरिक चाहना हो। यसै हुटहुटीले मलाई यो उपन्यास लेख्न हौसला दियो।” उनको यो उपन्यासमा टिस्टा वारि र पारि बसोबास गर्ने नेपाली भाषीहरूको चाहना एक दिन अवश्य पूरा हुने आशा व्यक्त गरिएको छ। लगभग 30 वर्षपछि आफ्नो दोस्रो पुस्तक सार्वजनिक गरिरहेका दाहालले भने, “लेखन कार्य आमाको प्रशव पीड़ा जत्तिकै हुँदो रहेछ। नेपाली भाषीहरूको युगौँदेखिको अस्थिर अवस्थाले मलाई जीवनको उपल्लो उमेरमा पनि यो उपन्यास सिर्जना गर्न हौसला दिएको छ।” उनले यो पुस्तक प्रकाशित गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार तथा कृतज्ञता प्रकट गरे।
टिस्टा-रङ्गीत मौलिक तथा ऐतिहासिक उपन्यास सिलगढ़ीको सालबारी आधारित बुकआन्ट पब्लिकेशनले प्रकाशित गरेको छ। बुकआन्टका निर्देशक तथा चर्चित कवि राजा पुनियानीले कार्यक्रमलाई सम्बोधन गर्दै दार्जीलिङ र सिक्किममाझ प्रेमपूर्ण सम्बन्ध कायम रहेको हेर्ने चाहना व्यक्त गरे। उनले नेपाली भाषीहरू आफ्नै भाषालाई लिएर एकढिक्का हुन सकेकै कारण यस्तो अवस्था अघि आएको धारणा राखे। यसभन्दा अघि पुस्तकको निरुपण मन्तव्य राख्दै कमल काफ्लेले रोचक तथ्यहरू अघि राखेर सबैलाई मन्त्रमुग्ध पारे। उनले पुस्तकको एकाध अंशको व्याख्या गर्दै यो उपन्याससँगै जातिको अवस्थालाई केन्द्रमा राखेर अध्ययन गर्न सुझाउ दिए।
यसभन्दाअघि अभिनेता, निर्देशक, नाटककार तथा साहित्यकार चुनिलाल घिमिरेले स्वागत सम्बोधनसँगै उपन्यासकारको परिचय प्रस्तुत गरे। उनले भारतमा पहिलोपल्ट भारतको संविधान अनुवाद गर्ने कुबेरचन्द्र दाहालले सिक्किमेली नेपाली साहित्य र सङ्घ-संस्थामार्फत समाजसेवामा गरेको कार्यबारे जानकारी दिए। उनले भने, “भारतको संविधान नेपाली भाषामा पहिलोपल्ट अनुवाद गर्ने व्यक्ति हुन् कुबेरचन्द्र दाहाल। उनले 20 वर्ष खर्चेर सो पुस्तक तयार गरे, तर समाजले उनको अवदानको मूल्याङ्कन गरेजस्तो लाग्दैन।”
कार्यक्रममा नेपाल पोइट आइडलकी विजेता नीलम गुरुङले सुन्दर कविता वाचन गरिन् भने गायिका सपना छेत्रीले सुमधुर गीत प्रस्तुत गरिन्। कार्यक्रममा मुख्यमन्त्रीका प्रधान सचिव तथा साहित्य अकादमी पुरस्कार विजेता एसडी ढकाल, नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, केएन शर्मा, प्रद्युम्न श्रेष्ठ, रुद्र पौड्याल, विभिन्न कलेजका प्राध्यापकसहित वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो।

You Might Also Like

‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने

सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsOpinionpoliticalSA Nepali

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Aaron Rai Aaron Rai November 29, 2025
Temi Tea second flush launched
एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम
Governor’s Gold Cup: Chennaiyin FC Shocks Church Boys United to reach semis
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?