By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री
Latest NewsNationalSikkim

सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री

Aaron Rai
Last updated: August 12, 2025 4:07 pm
Aaron Rai Published August 12, 2025
Share
SHARE


गान्तोक, 12 अगस्त। राष्ट्रव्यापी हर घर तिरङ्गा अभियानको एक भागको रूपमा आज सिक्किम सरकारले राजधानीको मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले हर घर तिरङ्गा अभियानको सफल कार्यान्वयनका लागि राज्यपाल ओमप्रकाश माथुर र सबै प्रतिभागीहरूलाई धन्यवाद दिए। उनले यो कार्यक्रम भारतको आजादीको अमृत महोत्सव र सिक्किमको स्वर्ण जयन्ती समारोहको हिस्सा रहेको बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा राष्ट्रिय झण्डको महत्वमाथि प्रकाश पार्दै भगवा साहस र बलिदान, सेतो सत्य र शान्ति तथा हरियो प्रकृति र समृद्धिको प्रतीक हो भने अशोक चक्रले प्रगति, न्याय र धार्मिकतालाई जनाउँछ भनी उल्लेख गरे। उनले हर घर तिरङ्गा अभियानको उद्देश्य देशभक्तिलाई बलियो बनाउॅंदै नागरिक र तिरङ्गाबीच भावनात्मक सम्बन्ध सुदृढ़ बनाउनु रहेको बताए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शुरू गरेका स्वस्थ भारत, डिजिटल इण्डिया, हर घर जल, आत्मनिर्भर भारत र पीएम आवास आदि जस्ता पहलहरूको बारेमा जानकारी गराए। उनले सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको लागि परिचित रहेको बताए।
उनले संविधानले अधिकार र कर्तव्य दुवै प्रदान गरेको बताउॅंदै नागरिकहरूलाई राष्ट्रिय कार्यक्रमहरूमा भाग लिन आग्रह गरे। उनले नागरिकहरूलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन प्रोत्साहित गर्दै सर्वोच्च अदालतले यो अधिकारलाई कायम राखेको जानकारी गराए। उनले तिरङ्गा एउटा झण्डा मात्र नभएर यसले शहीदहरूको बलिदान, स्वतन्त्रताको सङ्घर्ष र भावी पुस्ताको सामूहिक आकांक्षालाई प्रतिनिधित्व गर्छ भनी बताए।
यस अघि मुख्यमन्त्रीले आईपीआर विभागद्वारा आयोजित तिरङ्गा फोटो प्रदर्शनीको अवलोकन गरेका थिए। कार्यक्रममा क्याबिनेट मन्त्रीहरू, विधायकगण, जिल्ला अध्यक्ष र उपाध्यक्ष, गान्तोक नगर निगमका मेयर र उपमेयर, मुख्य सचिव तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

You Might Also Like

Indian Army leads search and rescue operations in North Sikkim

Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport

कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Opinion

‘IN-IN & OUT-OUT’: Hamro Paisa Kata Bagdai Cha?

SA Desk SA Desk December 14, 2024
1st IHCAE Alumni Meet 2025 concludes at Chemchey
Sikkim gets special focus as Centre monitors Himalayan Glaciers amid rising climate change risks
Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM
मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?