By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
    एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
NationalNortheastPoliticianSikkim

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

Aaron Rai
Last updated: September 14, 2025 1:51 pm
Aaron Rai Published September 14, 2025
Share
SHARE


गान्तोक, 14 सेप्टेम्बर। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पाको अगुवाईमा राज्य प्रतिनिधिमण्डलले बेङ्लुरुमा आयोजित 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो। सीपीए कर्नाटक शाखा, कर्नाटक विधानसभाले आयोजना गरेको उक्त सम्मेलनमा सिक्किमकी विधानसभा उपाध्यक्ष राजकुमारी थापा, सचिव ललित गुरुङ, प्रधान निर्देशक कर्म भोटिया तथा अन्य अधिकारीहरूले पनि भाग लिए।
11 सेप्टेम्बरका दिन शुरू भएको सम्मेलनमा कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया मुख्य अतिथि थिए। यसैगरी, सम्मेलनमा लोकसभा अध्यक्ष ओम बिरला, कर्नाटकका उप मुख्यमन्त्री डीके शिवकुमार, राज्यसभाका उपसभापति हरिवंश, कर्नाटकका विधानसभा अध्यक्ष यूटीके फरीद आदि पनि उपस्थित थिए।
दुई दिवसीय पूर्ण सत्र ‘विधानमण्डलमा बहस र चर्चा: जनताको विश्वास निर्माण, जनताका आकांक्षाहरू पूरा गर्नु’ विषयमा सम्पन्न भयो। यस अवधि कार्यकारी बैठक र आम सभा पनि सम्पन्न गरिएको जानकारी विधानसभा उपाध्यक्ष कार्यालयले प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, सिक्किमका लागि यो साँच्चै गर्वको क्षण थियो जब हाम्रा विधानसभा अध्यक्ष मिङ्गमा नर्बु शेर्पालाई पूर्ण सत्रको अध्यक्षको रूपमा मनोनित गरियो, जुन साना हिमाली राज्यहरूका प्रतिनिधिलाई यस्तो सम्मान पहिलो पटक प्रदान गरिएको थियो। 13 सेप्टेम्बरमा भएको समापन समारोहमा कर्नाटकका राज्यपाल थावरचन्द गहलोत, लोकसभा अध्यक्ष ओम बिरला, राज्यसभा उपसभापति हरिवंश आदि उपस्थित थिए।
विधानसभा उपाध्यक्ष थापाले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई यस्तो प्रतिष्ठित राष्ट्रिय मञ्चमा सिक्किमको प्रतिनिधित्व गर्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गरेकी ​छन्। यसैगरी, उनले कर्नाटक विधानसभाका अध्यक्ष यूटी खादर फरीद, उपाध्यक्ष रुद्रप्पा मनप्पा लमानी र सम्मेलनमा संलग्न सबै सम्बन्धित अधिकारीहरूलाई प्रति पनि आभार प्रकट गरेकी छन्।

You Might Also Like

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

Namprikdang Namsoong Festival 2024-25 begins

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

Tribeny Rai’s film gains international recognition for Sikkim, wins at Film Bazaar

सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले सरम्सामा दिनेछन् आफ्नो प्रस्तुति

SA Desk SA Desk February 12, 2025
Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region
मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने
राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए
नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?