गान्तोक, 16 सेप्टेम्बर। राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेलले आज राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। मन्त्री ढुङ्गेलसॅंग विभागका सचिव छेवाङ पनि सामेल थिए।
यस भेटको क्रममा मन्त्री ढुङ्गेलले राज्यपाललाई बुधवार, 17 सेप्टेम्बरदेखि शुरू भइरहेको ‘स्वच्छता ही सेवा 2025’ सेवा पखवाडा अन्तर्गत आयोजित कार्यक्रममा सहभागिताको लागि औपचारिक रूपमा निमन्त्रणा दिए। राज्यपालले पनि निमन्त्रणालाई स्वीकार गरेका छन्।
सेवा पखवाडा 2025 को यस विशेष कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने राजभवनले बताएको छ।

Leave a comment