By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
EnvironmentLatest News

लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री

Suk Raj Aaron Rai
Last updated: June 26, 2025 3:59 pm
Suk Raj Aaron Rai Published June 26, 2025
Share
SHARE


गान्तोक, 26 जून। सिक्किम सरकारको सामाजिक कल्याण विभागले आज राजधानीको मनन केन्द्रमा लागूऔषध दुरुपयोग तथा अवैध तस्करी विरुद्ध अन्तरराष्ट्रिय दिवस पालन गरियो। ‘ब्रेकिङ द चेन्स: प्रिभेन्शन, ट्रीटमेन्ट एण्ड रिकभरी फर् अल’ थीममाथि आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रमको शुरुवात मुख्यमन्त्रीद्वारा 13 वटा मिनी डम्पर रिसोर्स रिकभरी वाहनहरूको लोकार्पणद्वारा भएको थियो। उक्त वाहनहरू सामाजिक कल्याण विभागद्वारा ग्रामीण विकास विभागलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री जन विकास कार्यक्रम अन्तर्गत वित्त पोषित उक्त वाहनहरूको उपयोग दिगो विकास र समावेशी वृद्धिलाई अगाडि बढाउनको लागि गरिने बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले लागूऔषधको दुरुपयोगमाथि गहिरो चिन्ता प्रकट गर्दै यो राज्य र राष्ट्रको मात्र नभएर एउटा वैश्विक समस्या रहेको बताए। उनले यो जटिल समस्यालाई सम्बोधन गर्न सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयासको महत्वमा जोड दिए।
उनले नागरिकहरूलाई व्यक्तिगत जिम्मेवारीको भावना प्रवर्द्धन गर्न आफूलाई संलग्न हुन प्रोत्साहित गरे। मुख्यमन्त्रीले नशामुक्त सिक्किम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा सिक्किम पुलिसको प्रयासको सराहना गरे।
उनले लागूऔषध दुरुप्रयोग रोकथामको लागि सरकारले जागरूकता अभियान, प्रत्येक विभागमा नाडल अधिकारीहरूको नियुक्त, कार्यालयहरूमा ड्रग फ्री सेलको गठन, खेलकुद, कला र सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन आदि जस्ता पहलहरू निरन्तर गरिरहेको अवगत गराए। उनले विद्यालयहरूमा एण्टी ड्रग सेलहरूलाई सशक्त बनाउने तथा बेचबिखन नियन्त्रण गर्न सिक्किम पुलिस र आबकारी विभागद्वारा कडा कार्यान्वयन सुनिश्चित गरिएको पनि बताए।
यस अघि मन्त्री लेप्चाले युवाहरू लागूपदार्थको प्रभावको जोखिममा बढ्दो रूपमा रहेको बताउॅंदै रोकथाम प्रयासहरूमा युवाहरूलाई संलग्न गराउन, सहयोग प्रदान गर्न र स्वस्थ विकल्पहरूलाई प्रवर्द्धन गर्न आवश्यकता रहेको बताए। उनले यस विषयलाई प्राथमिकता दिएकोमा मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वको प्रशंसा गरे।
सल्लाहकार लेप्चाले नशामुक्त सिक्किम निर्माणको निम्ति नशामुक्त भारत अभियान अन्तर्गत सामूहिक प्रयासमा जोड दिइन्। उनले यसको निम्ति निवारण, जागरूकता, प्रवर्तन, र पुनर्वासका चार मुख्य स्तम्भहरूमाथि प्रकाश पारिन्।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा, विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा

संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ

वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderPoliticianSA Nepali

मुख्यमन्त्रीले राज्यपालसँग शिष्टाचार भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 17, 2026
District Road Safety Committee Holds Successful Workshop Towards Road Safety
मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे
सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग
मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?