By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
Art & LiteratureInvestmentLatest NewsSA Nepali

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

Suk Raj Aaron Rai
Last updated: May 12, 2026 4:51 pm
Suk Raj Aaron Rai Published May 12, 2026
Share
SHARE

गान्तोक, 12 मई । सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण आगामी 14 र 15 मई, 2026 का दिन राजधानीमा आयोजना हुने भएको छ। उक्त जानकारी सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा दिए।
उनले सिक्किम कलाकार भरोसा सम्मेलन अब सरकारी कार्यक्रमको रूपमा आयोजना गरिने निर्णय सबै कलाकारहरूका लागि हर्षको विषय रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किमका कलाकारहरूलाई समर्थ बनाउन चाहन्छन् भन्दै सिक्किम कलाकार भरोसा सम्मेलन पनि सोही उद्देश्यपूर्तिको एक भाग रहेको अवगत गराए। उनले कार्यक्रम पहिले 8 र 9 मईमा आयोजना हुने तय भएको थियो, तर मुख्यमन्त्रीको व्यस्तताका कारण 14 र 15 मईमा गरिने भएको बताए।
उनले पहिलो दिन संगीत, नृत्य, फाइन आर्ट्स, फिल्म, थिएटर आदि विधामा स्रोत व्यक्तहरूले मास्टर क्लास सञ्चालन गर्ने जानकारी गराए। सोही दिन सॉंझ कार्यक्रमको औपचारिक उद्घाटन समारोह सम्पन्न गरिने बताए, जसमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल र पूर्व विधायक कृष्ण कुमार राई उपस्थित रहनेछन्। उनले यस पाली कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूलाई कलाकार भरोसा सम्मेलनमा सामेल नगरिएको र उनीहरूका लागि चॉंडै क्रिएटर्स कन्क्लेभ आयोजना गरिने स्पष्ट पारे।
उनले दोस्रो दिनको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने बताए। यस दिन बलीवुडका प्रसिद्ध अभिनेता सोनु सुदको विशेष उपस्थिति रहने र राज्यका कलाकारहरूलाई सम्बोधन गर्ने उनले बताए।
यस अघि सांस्कृतिक प्रकोष्ठका उपाध्यक्ष डा. मनोज राईले कार्यक्रममा दुई वर्गमा कलाकारहरूलाई अभिनन्दित गरिने जानकारी गराए। यसैगरी, सम्मेलनकी मुख्य संयोजक सुष्मा छेत्रीले कार्यक्रमलाई सफल बनाउन राज्यका सबै जिल्लामा संयोजकहरू नियुक्त गरिएको जानकारी दिइन्।

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

राजधानीमा कुजु सांस्कृतिक महोत्सव जारी

At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage

Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy

Sikkim Observes International Year of Cooperatives 2025 at Raj Bhavan

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureInsiderLatest NewsSikkim

साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 13, 2026
प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार
नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?