By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
    September 27, 2025
    सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
    September 26, 2025
    सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट
    September 26, 2025
    CM inspects newly constructed 500-bedded District Hospital in Namchi
    September 26, 2025
  • Politics
    PoliticsShow More
    एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
    September 15, 2025
    C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy
    September 9, 2025
    दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
    September 7, 2025
    District Level Coordination Meeting of SKM Organizational Wing Concludes
    September 3, 2025
    एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
    September 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
Latest NewsNeighbourhood WatchSA Nepali

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

Aaron Rai
Last updated: September 17, 2025 2:51 pm
Aaron Rai Published September 16, 2025
Share
SHARE


सोरेङ, 16 सेप्टेम्बर। सोरेङ जिल्ला अन्तर्गत नयॉं बजार पुलिस स्टेशनले नाम्चीको तिङरिथाङबाट हराएका तीन नाबालिग केटाहरूको पत्ता लगाएर उनीहरूको सफलतापूर्वक उद्धार गरेको छ। आज, 16 सेप्टेम्बरका दिन नाबालिग केटाहरू हराएको सूचना प्राप्त भएको घण्टा नबित्दै पुलिसले उनीहरूको उद्धार गरेको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, नाम्ची पुलिस स्टेशनबाट तीन जना नाबालिग केटाहरू हराएको सूचना पाउन साथ क्षेत्रीय अधिकारीहरूलाई सतर्क निगरानीका लागि सक्रिय गरियो। रमाम चेकपोस्टमा सक्रिय ड्युटीमा रहेका पुलिस कर्मचारीहरूले आफ्नो समर्पण र व्यावसायिकताको उच्च स्तर प्रदर्शन गर्दै रमाम चेकपोस्टमा हराएका नाबालिक केटाहरूलाई रोके। उनीहरूले पैदलै अन्तरराज्यीय सीमा पार गर्ने प्रयास गरिरहेका थिए।
कक्षा दशमा अध्ययनरत नाबालिग केटाहरू कामको खोजीमा घरबाट निक्लिएका थिए। नाम्ची पुलिसका अधिकारीलाई जानकारी गराएर परामर्श दिएपछि नाबालिगहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको छ।
राहत पाएका अभिभावकहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नयाँ बजार पुलिस टोलीको तत्काल प्रतिक्रिया, समर्पण र उच्च स्तरको सेवाको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। सोरेङ जिल्ला पुलिसले सबै नागरिकहरू, विशेष गरी नाबालिगहरूको कल्याणको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। पुलिस अधीक्षकले यस अभियानमा सक्रिय रूपमा संलग्न पुलिस कर्मचारीहरूलाई बधाई दिएका छन्।

You Might Also Like

प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित

आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो

मुख्यमन्त्री तामाङले पहलगाममा भएको क्रूर आतङ्की हमलाको निन्दा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो

SA Desk SA Desk November 6, 2024
SKM dismisses CAP’s stand on proposed Ed Sheeran’s Sikkim Concert
Prerna Sthal to be inaugurated by Defence Minister
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?