गान्तोक, 25 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सार्वजनिक पहुॅंच र शिकायत निवारणको लागि एक प्रत्यक्ष गेटवे ‘कनेक्ट टु सीएम सेल’ को शुभारम्भ गर्ने भएका छन्।
यो पहलले सरकार र जनताबीचको अन्तरलाई समर्पित च्यानलको माध्यमद्वारा मेटाउने लक्ष्य लिएको छ, जहॉं जनताले मुख्यमन्त्रीको कार्यालयसॅंग प्रत्यक्ष रूपमा आफ्ना चिन्ताहरू, गुनासोहरू र सुझाउहरू साझा गर्न सक्नेछन्।
‘कनेक्ट टु सीएम सेलले एक उत्तरदायी मञ्चको रूपमा काम गर्नेछ, जसले जनताद्वारा उठाइएका मुद्दाहरूलाई समयमा र पारदर्शी तरिकाले सम्बोधित गर्न सुनिश्चित गर्नेछ।
यस पहलको माध्यमद्वारा सरकारले प्रत्येक नागरिकको मुख्यमन्त्रीसम्म पहुॅंच बढाउने, व्यवस्थित शिकायत निगरानीको माध्यमद्वारा शासनमा दवाफदेहितालाई सुदृढ गर्ने, निर्णय लिन सार्वजनिक सहभागितालाई प्रोत्साहित गर्नु र सार्वजनिक मुद्दाहरूको जरुरी समाधानका लागि एकल विन्डो संयन्त्र प्रदान गर्नु रहेको छ।
यस जनता केन्द्रित दृष्टिकोणले मुख्यमन्त्रीको समावेशी शासनको दृष्टिकोणलाई झल्काउॅंछ, जहॉं प्रत्येक नागरिकको आवाजको महत्व हुन्छ र नेतृत्वको उच्चतम स्तरमा सुनवाई गरिन्छ।
Leave a comment


