गान्तोक, 7 दिसम्बर। मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रको बेघाबाट नयाँ सदस्यहरू सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा सामेल भएको दाबी गरिएको छ।सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरेको छ।सीएपी सिक्किमले भनेको छ, मानेबुङ–देन्ताम निर्वाचन क्षेत्रको बेघाबाट आएका समर्पित नयाँ सदस्यहरूको समूहलाई आज पार्टीमा स्वागत गरियो। पार्टीका अध्यक्ष गणेश राईले कार्यक्रमको अध्यक्षता गर्दै नयाँ सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले पारदर्शिता, न्याय र जनमुखी शासनका लागि अग्रसर आन्दोलनमा सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरे।सीएपीले नयाँ सदस्यहरूको आवद्धतासँगै सीएपी सिक्किमको संगठनात्मक उपस्थितिमा तृणमूल स्तरदेखि थप सशक्तता आएको बतिएको छ, जसले सिक्किमको उज्ज्वल भविष्यका लागि चलिरहेको संघर्षमा नयाँ उर्जा र सामूहिक संकल्प जोडेको छ। सीएपीले सबै नयाँ सदस्यप्रति हार्दिक आभार प्रकट गर्दै पार्टीको उच्च आदर्श तथा जनसेवामा निरन्तर योगदानको आशा व्यक्त गरेको छ।


