By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
Latest NewsNationalOpinionPoliticsSA Nepali

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

Aaron Rai
Last updated: December 8, 2025 5:21 pm
Aaron Rai Published December 8, 2025
Share
SHARE


गान्तोक, 8 दिसम्बर । भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले गैर सिक्किमीहरूलाई न्यायिक सेवाहरूमा नियु​क्त गर्नु सुरक्षात्मक कानूनको स्पष्ट उल्लङ्घन ठहर गरेका छन्। उनले धेरै गैर सिक्किमीहरूलाई न्यायिक अधिकारीका रूपमा न्यायिक सेवाहरूमा नियुक्त गरिएको दाबी गर्दै यस्तो बयान जारी गरेका छन्।
प्रदेश भाजपा अध्यक्ष थापाले आज जारी आफ्नो बयानमा हालका वर्षहरूमा रोजगारीको मामिलामा सिक्किमीहरूलाई प्राथमिकता दिने प्रावधान रहेको सिक्किम सरकार स्थापना नियम, १९७४ को नियम ४(४) बी को उल्लङ्घनका घटनाहरू गम्भीर चिन्ताको विषय बनेको बताएका छन्। उनले सुरक्षात्मक कानूनको स्पष्ट उल्लङ्घन गर्दै धेरै गैर सिक्किमीहरूलाई न्यायिक अधिकारीका रूपमा न्यायिक सेवामा नियुक्त गरिएको दाबी गरेका छन्।
उनले 1994 को सुरेन्द्रनाथ प्रसाद शर्माको मुद्दा उल्लेख गर्दै सुप्रीम कोर्टले सिक्किम सरकार स्थापना नियम, १९७४ को नियम ४(४) बी लाई धारा ३७१एफ (के) अन्तर्गत संवैधानिक रूपमा वैध रहेको फैसला सुनाएको जानकारी गराएका छन्। उनले सिक्किमको सुरक्षात्मक कानूनलाई हल्का रूपमा लिन र अदेखा गर्न सकिँदैन, किनकि रोजगारीको मामिलामा सिक्किमका जनताको हितको रक्षा गर्न यो कानून बनाइएको बताएका छन्।
प्रदेश भाजपा अध्यक्ष थापाले न्यायिक सेवा भारतको संविधानको धारा २३३ र २३४ अन्तर्गत राज्य अन्तर्गतको सेवा भएकाले सिक्किमेली नागरिकहरूलाई प्राथमिकता दिने नियम रोजगारीको मामिलामा पूर्ण रूपमा लागू हुनुपर्छ भनेका छन्। उनले भने, देशका अन्य राज्यहरूमा पनि सरकारका नीति र नियमहरू पालन गरिँदैछ। तर, राज्य सरकार वा उच्च अदालतले यसलाई पालना गर्न वास्ता गरेको छैन, जुन आश्चर्यजनक छ।
उनले सिक्किम संविधान अन्तर्गत एक विशेष श्रेणीको राज्य भएकाले देशको बाँकी भागमा पालना गरिएका कानूनहरू र यसका सामान्य सिद्धान्तहरू यहाँ स्वचालित रूपमा लागू हुन सक्दैन भनी स्पष्ट गरेका छन्।
उनले लोकतन्त्रका तीन स्तम्भहरूमध्ये एक न्यायपालिकाको रूपमा कानून र संविधानको पालना गर्ने सबैभन्दा ठूलो जिम्मेवारी रहेको आफ्नो बयानमा बताएका छन्। उनले सिक्किम उच्च न्यायालय १९५५ मा तत्कालीन सिक्किमका महाराजाको घोषणा अन्तर्गत गठन गरिएको र संविधान अन्तर्गत सिक्किम राज्यको लागि उच्च न्यायालय मानिएको थियो भनी जानकारी गराएका छन्। उनले देशका अन्य उच्च न्यायालयहरूभन्दा सिक्किम उच्च न्यायालयको धेरै फरक जिम्मेवारी रहेकाले भारतको संविधानको धारा ३७१एफ को भावनामा सिक्किमको कानूनलाई कडाईका साथ लागू गर्न बाध्य रहेको बताएका छन्।
प्रदेश अध्यक्ष थापाले सिक्किम सरकार र उच्च न्यायालयलाई संवैधानिक रूपमा संरक्षित प्रावधानको पालना सुनिश्चित गर्न तुरुन्तै कदम चाल्न आह्वान गरेका छन्। उनले युवाहरूमा बढ्दो निराशालाई ध्यानमा राख्दै राज्यको हितमा न्यायिक सेवामा नियुक्तिमा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता प्रदान गर्न आग्रह गरेका छन्।

Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEducationEntertainment

Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School

Aaron Rai Aaron Rai October 15, 2025
नाम्चेबुङमा प्रस्तावित एनएच-717ए विस्तार सम्बन्धित मुद्दाहरूमा छलफल गर्न बैठक सम्पन्न
पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
Chief Information Commissioner of India arrives in Gangtok for national meet
मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?