By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम
Latest NewsPoliticianSA NepaliSikkim

रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम

Suk Raj Aaron Rai
Last updated: December 22, 2025 2:43 pm
Suk Raj Aaron Rai Published December 22, 2025
Share
SHARE

गान्तोक, 22 दिसम्बर। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आइतवार आफ्नो 17औं रोलु दिवस सामान्य रूपमा पालन गऱ्यो। एसकेएमले रोलु दिवसलाई सफल तुल्याउन उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेको छ।
एसकेएम प्रवक्ता बिकास बस्नेतले आज एक प्रेस विज्ञप्ति जारी गरेर 17औं रोलु दिवसमा उपस्थिति दिने सबैलाई धन्यवाद दिएका छन्। उनले यस वर्ष रोलु दिवसको कार्यक्रम छोटो र सामान्य रूपमा पालन गरिएको, तर व्यापक रूपमा जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको बताएका छन्। उनले लोसुङ र नामसुङ पर्वहरूबीच पनि रोलु दिवसमा जनताको उपस्थितिले एसकेएम पार्टी सिक्किमका जनताबीच कति लोकप्रिय छ भन्ने स्पष्ट देखाएको उल्लेख गरेका छन्।
उनले पार्टी अध्यक्ष प्रेमसिंह तामाङले रोलु दिवसको अवसरमा रोलु मन्दिरमा उपस्थित रहेर सिक्किमेली जनता र सिक्किमको उन्नति र प्रगतिको निम्ति कामना गर्दै पूजा-अर्चना गरेकोमा उनीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। आफ्नो सम्बोधनमा पार्टी अध्यक्षले सबै कार्यकर्ता र समर्थकहरूलाई एकबद्ध भएर अनुशासित ढङ्गले पार्टीलाई अझ सशक्त बनाउन आह्वान गरेको उनले बताएका छन्। यसरी नै पार्टी अध्यक्षले 2026 देखि पार्टीका गतिविधिहरूलाई थप तीव्र बनाउन र ‘मिसन 2029’ लाई लक्ष्य गरी निर्णायक विजय हासिल गर्ने प्रणका साथ सामूहिक रूपमा काम गर्न आग्रह गरेको पनि उनले उल्लेख गरेका छन्।
एसकेएम पार्टीको आगामी 4 फरवरी, 2026 मा आफ्नो स्थापना दिवस यसपल्ट युवा सम्मेलन, नारी सम्मेलन र समापन कार्यक्रम गरी तीनदिवसीय रूपमा पालन गर्ने पार्टी अध्यक्षले बताउॅंदै यसका लागि हरेक कार्यकर्तालाई तयारीका लागि जुट्न आह्वान गरेको उनले बताएका छन्।
उनले भनेका छन्, रोलु दिवस सन् 2009 मा तानाशाही प्रवृत्तिविरुद्ध शुरु गरिएको क्रान्तिको प्रतीक हो। त्यतिबेला जनताका लागि गरिएका प्रतिबद्धताहरू आज स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायत सबै क्षेत्रमा देखिएको विकासमार्फत पूरा हुँदै गइरहेको कुरा सम्पूर्ण सिक्किमेली जनताको आँखाअघि छन्। एसकेएम पार्टीका लागि रोलु दिवस एउटा स्थान वा दिवस मात्र नभएर यो बलिदान, सङ्घर्ष, परिवर्तन र सिक्किमको उज्ज्वल भविष्यको प्रतीक हो।

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Sichey SSS Tops the State Level Science Drama 2024

IPR Report IPR Report October 9, 2024
प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा
MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi
सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी
विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?