By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
Art & LiteratureLatest NewsSA Nepali

सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन

Aaron Rai
Last updated: March 21, 2026 5:06 pm
Aaron Rai Published March 21, 2026
Share
SHARE


गान्तोक, 21 मार्च। ओविया आर्ट सर्कल (ओएसी), सिक्किमकी अध्यक्ष दीपा राईसहित वरिष्ठ सदस्यहरूले सिक्किम अकादेमीका अध्यक्ष प्रवीण राई ‘जुमेली’ सँग भेट गरी सिक्किम अकादेमीको अध्यक्ष पदमा मनोनीत भएकोमा बधाई दिएको छ। यसैगरी, आगामी २४ मार्च, २०२६ का दिन दक्षिण सिक्किम साहित्य सम्मेलनको ३१औं स्थापना दिवसमा ‘शिवकुमार राई स्मृति पुरस्कार’ द्वारा सम्मानित हुन लागेकोमा पनि अध्यक्ष राईलाई ओएसीले बधाई दिएको छ।
यस सौहार्दपूर्ण भेटघाटमा कलाबारे चर्चा-परिचर्चा भएको ओएसी सिक्किमले आज प्रेस बयानमा बताएको छ। यसै क्रममा ओएसीकी अध्यक्षले सिक्किम अकादेमीका नवनियुक्त अध्यक्ष जुमेलीलाई कलाकारहरूका लागि अवसर र एक्सपोजर प्रदान गर्न कला प्रदर्शनी, कार्यशाला र सेमिनार जस्ता पहलहरू आयोजना गर्न अनुरोध गरिन्।
ओएसी सिक्किमका कार्यकारीहरूलाई सम्बोधन गर्दै जुमेलीले प्रदर्शनी र कार्यशालाहरूको अतिरिक्त अकादेमीले आर्ट एण्ड लिटरेचर रेजीडेन्सी कार्यक्रमको योजना बनाउने प्रक्रियामा रहेको जानकारी गराए। यो पहल उदीयमान कविहरू र वरिष्ठ कलाकारहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गरिने, जसले गर्दा उनीहरूलाई एउटै छानामुनि सहकार्य र काम गर्न अवसर प्रदान गर्नेछ।
समकालीन कला अभ्यासहरूको महत्त्वलाई जोड दिँदै उनले कलाकारहरूलाई उदीयमान प्रतिभालाई प्रेरित गर्न नवीन र रचनात्मक काम गर्न प्रोत्साहित गरे। कलाकारिताको सन्दर्भमा उनले मात्रा भन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा जोड दिए। गुणस्तरको छ भने एउटै कलाकृति कलाकारको निमित्त पहिचान बन्न सफल बन्ने उनको भनाई थियो।
साथै, अध्यक्ष जुमेलीले सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन पनि दिए।

You Might Also Like

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

President confers Padma Shri on Naren Gurung from Sikkim

City Runner offers Gangtok a chance to rethink public transport

पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Opposition making unnecessary issues out of nothing: SKM

SA Desk SA Desk September 11, 2024
1st Sikkim State Inter-School Badminton Championship – 2025 Opens at Paljor Stadium
Temi Tea second flush launched
Two Sikkim health workers invited as special guests for the 78th Independence Day Celebration at Red Fort
सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?