By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu
    August 4, 2025
    सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
    October 18, 2025
    मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे
    February 8, 2026
    Latest News
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
    सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
    June 13, 2026
    मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे
    June 11, 2026
    मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे
    June 11, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
InvestmentJournalismOpinion

मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला

Aaron Rai
Last updated: April 7, 2026 6:38 pm
Aaron Rai Published April 7, 2026
Share
SHARE

गान्तोक, 07 अप्रेल । मिडिया कर्मीहरूका लागि ‘माइन्डफुल मिडिया: कभरिङ क्राइसिस् विद् केयर एण्ड कम्प्याशन’ विषयमा दुई दिवसीय कार्यशाला आयोजना गरिएको छ। मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा केन्द्रित यस कार्यशालाको आयोजना प्रेस क्लब अफ् सिक्किम र सिक्किम इन्स्पायर्सले संयुक्त रूपमा गरिरहेको छ।
राजधानीको एक स्थानीय होटलमा शुरु भएको कार्यशालाको उद्घाटन सत्रमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि थिइन्।
मुख्य अतिथि विधानसभा उपाध्यक्ष थापाले मानसिक स्वास्थ्यका बारेमा चेतना तल्लो तहमा शुरु हुनुपर्छ, जसले समुदायहरूलाई त्यस्ता मुद्दाहरूलाई राम्रोसँग बुझ्न र प्रतिक्रिया दिन सक्षम बनाउँछ भनी बताइन्। लोकतन्त्रको चौथो स्तम्भ र समाजको दर्पणका रूपमा मिडियाको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्दै उनले मिडियामार्फत प्रसारित जानकारीले जनमतलाई आकार दिन र मानसिकतालाई प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
जिम्मेवार र सकारात्मक रिपोर्टिङले मानसिक स्वास्थ्यसँग सम्बन्धित सामाजिक कलंक कम गर्नमा उल्लेखनीय रूपमा मद्दत गर्न सक्छ भन्दै उनले शब्दहरूको छनौट र सामग्रीको प्रकृतिले गहिरो परिणामहरू निम्त्याउँछ, जसलाई प्रायः बेवास्ता गरिन्छ भनी बताइन्। संवेदनशीलता र आशयको स्पष्टताको आवश्यकतामा जोड दिँदै उनले मिडिया कर्मीहरूलाई जिम्मेवारी र करुणाका साथ त्यस्ता मुद्दाहरूलाई सम्बोधित गर्न आग्रह गरिन्। उनले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको र राज्यमा त्यस्ता पहलहरूलाई समर्थन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरिन्।
कार्यक्रममा वरिष्ठ स्वतन्त्र पत्रकार तथा मिडिया एकेडेमिक डा. स्नेहाशिष सुरले प्राविधिक सत्र सञ्चालन गरेका थिए, जुन आत्महत्या र मानसिक स्वास्थ्य समस्याहरूको जिम्मेवार र साहनुभूतिपूर्ण रिपोर्टिङमा केन्द्रित थियो।
कार्यक्रममा आईपीआर विभागका अध्यक्ष असित राई, एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइली, आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सिक्किम इन्स्पायर्सकी कार्यक्रम निर्देशक रोहिनी प्रधान, प्रेस क्लब अफ् सिक्किममा महासचिव डीआर दुलाल लगायत अन्यहरू पनि उपस्थित थिए।

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

प्रथम अन्तर विभाग क्रिकेट टुर्नामेन्ट शुरू, मुख्यमन्त्रीले गरे उद्घाटन

मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalNortheastpolitical

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

Aaron Rai Aaron Rai December 26, 2025
नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
Chief Minister’s Mentorship Programme 2025-2026 inaugurated for Pakyong District
SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status
Sensitization programme on State & Central schemes for entrepreneurs
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?