गान्तोक, 09 मई । सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको आयोजक समितिले ‘एसडीएफ 26- आरिथाङ’ र ‘एसडीएफ-आरिथाङ’ नामक सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध सदर थानामा प्राथमिकी दर्ता गराएको छ। समितिले उक्त दुई सामाजिक सञ्जाल प्रोफाइलहरूमाथि झूटा, बनावटी, दुर्भावनापूर्ण र प्रतिष्ठालाई हानि पुर्याउने सामग्री प्रचार-प्रसार गरेको आरोप लगाएको छ।
सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ समारोह अन्तर्गत गत 28 अप्रेल, 2026 को दिन राजधानीको पाल्जोर स्टेडियममा भव्य कार्यक्रम आयोजना गरेको थियो। ‘एसडीएफ 26-आरिथाङ’ र ‘एसडीएफ-आरिथाङ’ नामक सामाजिक सञ्जाल प्रोफाइलहरूमा समारोहको सांस्कृतिक कार्यक्रम आयोजक समितिमाथि झूटा, बनावटी, दुर्भावनापूर्ण र प्रतिष्ठालाई हानि पुर्याउने आरोप लगाइएका छन् भन्दै समितिले प्राथमिकी दर्ता गराएको छ।
समितिले तत्काल जॉंच, इलेक्ट्रोनिक प्रमाणहरूको संरक्षण, प्रसारित सामग्रीहरूको फोरेन्सिक जाँच र त्यस्ता नक्कली प्रोफाइलहरू सिर्जना गर्ने, सञ्चालन गर्ने, वित्त पोषण गर्ने वा बढाउने काममा संलग्न सबै व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाही गर्न अनुरोध गरेको छ।
आयोजक समितिले मेहनती व्यक्तिहरूलाई बदनाम गर्न र गलत सूचना फैलाउन नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरूको दुरुपयोग सहन नगर्ने चेताउनी दिॅंदै त्यस्ता सबै कार्यहरूलाई कानून अनुसार कडाइका साथ अगाडि बढाइने बताएको छ।
Leave a comment


