गान्तोक, 09 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङसँग आज डर्टी एन्जल्स मोटरसाइकल क्लबका सदस्यहरूले मिन्तोकगाङमा शिष्टाचार गरे भेटका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा दिएका छन्।मुख्यमन्त्रीले भेटका क्रममा क्लबले १६ देखि १८ नोभेम्बर, २०२६ सम्म नाम्प्रिकदाङमा आयोजना हुने पहिलो सिक्किम राइडर्स् मिटबारे जानकारी गराएको बताएका छन्। यस पहलका लागि मुख्यमन्त्रीले मुख्य संरक्षकको भूमिका स्वीकार गर्दै आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्। मुख्यमन्त्रीले यस राइडर्स् मिटलाई आगामी दिनमा नियमित क्यालेन्डर कार्यक्रमका रूपमा विकास गर्दै सिक्किमका सबै जिल्लामा पालैपालो आयोजना गर्नुपर्नेमा जोड दिएँ। साथै, ग्रामीण क्षेत्रलाई विशेष प्राथमिकता दिन उनले सुझाउ दिएका छन्।यस्ता पहलहरूले स्थानीय पर्यटन प्रवर्द्धन गर्न, स्थानीय समुदायका लागि आर्थिक अवसर सिर्जना गर्न तथा ग्रामीण अर्थतन्त्रलाई थप गति प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने मुख्यमन्त्रीले बताए। उनले कार्यक्रमको सफलताका लागि डर्टी एन्जल्स मोटरसाइकल क्लबका सम्पूर्ण सदस्यहरूलाई शुभकामना दिएका छन्।यस अवसरमा विधायक आदित्य गोले र इरुङ तेन्जिङ लेप्चाको पनि उपस्थिति रहेको थियो।


