By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    Yangang Conclave concludes with grand cultural exchange programme
    April 15, 2025
    Latest News
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारले जनता र पर्यटन सरोकारवालाहरूको वैध हितमा कुनै पनि प्रकारको सम्झौता गर्ने छैन: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > सरकारले जनता र पर्यटन सरोकारवालाहरूको वैध हितमा कुनै पनि प्रकारको सम्झौता गर्ने छैन: मुख्यमन्त्री
EconomySikkimTourism

सरकारले जनता र पर्यटन सरोकारवालाहरूको वैध हितमा कुनै पनि प्रकारको सम्झौता गर्ने छैन: मुख्यमन्त्री

Suk Raj Aaron Rai
Last updated: August 19, 2026 12:17 pm
Suk Raj Aaron Rai Published August 19, 2026
Share
SHARE

गान्तोक, 18 अगस्त। पर्यटन तथा नागरिक उड्डयन विभागले प्रतिबन्धित तथा संरक्षित क्षेत्रका लागि प्रस्तावित एकीकृत अनलाइन परमिट प्रणाली सम्बन्धमा मंगलबार सरोकारवालासँग परामर्श बैठक आयोजना गर्यो। परमिट प्रक्रियालाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउँदै सिक्किमको पर्यटन क्षेत्र तथा जनताको हित संरक्षण गर्ने उद्देश्यले प्रस्ताव अघि सारिएको बताइएको छ।मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि आज मनन केन्द्रमा आयोजित उक्त बैठकमा सहभागी बने। मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा प्रस्तावित प्रणाली हाल छलफल तथा परामर्शको चरणमा मात्र रहेको र अहिलेसम्म कार्यान्वयन नभएको स्पष्ट पारेका छन्। उनले प्रणालीलाई अघि बढाउनुअघि पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाका चिन्ता, समस्या र सुझाउ बुझेर आवश्यक सुधार समेटिने उल्लेख गरेका छन्।मुख्यमन्त्रीले भने, ‘प्रणालीको प्रमुख उद्देश्य पर्यटन क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्नु तथा राज्यले प्राप्त गर्नुपर्ने वैधानिक राजस्व सुनिश्चित गर्नु हो। सिक्किम प्रवेश गर्ने पर्यटकको तथ्याङ्क र पर्यटनसम्बन्धी परमिट तथा गतिविधिबाट प्राप्त राजस्वबीच उल्लेखनीय अन्तर देखिएको छ। उक्त अन्तरलाई सम्बोधन गर्नु राज्यको आर्थिक हित र जनताको हित संरक्षणका लागि आवश्यक रहेको छ।’उनले प्रस्तावित प्रणालीले सिक्किममा दर्ता भएका टुर तथा ट्राभल सञ्चालक र स्थानीय पर्यटन व्यवसायीलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले यस प्रणालीको उद्देश्य अनावश्यक बिचौलिया घटाउने, परमिट प्रक्रिया सरल बनाउने तथा व्यवसायी र पर्यटक दुवैका लागि सहज र पारदर्शी व्यवस्था निर्माण गर्ने रहेको बताएका छन्।मुख्यमन्त्रीले सरकारले प्रणाली विकासका लागि विचाराधीन एजेन्सी सेवा प्रदायकको रूपमा मात्र रहने र प्रणालीबाट प्राप्त हुने राजस्वमा उसको स्वामित्व वा लाभ नरहने स्पष्ट पारे। सरकारले सेवा उपलब्ध गराएबापत लाग्ने शुल्क मात्र तिर्ने पनि उनले स्पष्ट पारे। साथै, उनले योग्य स्थानीय व्यक्ति वा संस्थाले यस्तै प्रणाली विकास गर्ने प्रस्ताव पेश गरेमा उचित प्रक्रियाअनुसार त्यसलाई पनि विचार गर्न सरकार तयार रहेको बताए। उनले सिक्किम सरकार सिक्किमेली जनता तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको वैध हितमा कुनै पनि प्रकारको सम्झौता हुने कदम चाल्ने छैन भनी स्पष्ट गरेका छन्।परामर्श बैठकबाट स्थानीय सरोकारवाला, पर्यटन व्यवसायी तथा पर्यटकहरूले सामना गरिरहेका समस्या र चुनौतीबारे महत्वपूर्ण सुझाउ प्राप्त भएको उनले बताएका छन्। प्राप्त सुझाउका आधारमा प्रस्तावित प्रणालीलाई थप अध्ययन तथा परिमार्जन गरिने उनले बताए।सरकारले सडक तथा पूर्वाधार सुदृढीकरण, सार्वजनिक सुविधाको विस्तार, स्थानीय पर्यटन व्यवसायीका लागि व्यवसाय सञ्चालन सहज बनाउने तथा पर्यटन अर्थतन्त्रबाट प्राप्त लाभ सिक्किमेली जनतासम्म प्रभावकारी रूपमा पुर्याउने विषयलाई प्राथमिकतामा राखेको उनले जनाए।उनले डिजिटल परमिट प्रणाली लागू गर्नु मात्र उद्देश्य नभई पारदर्शी, जवाफदेही र दिगो पर्यटन संरचना निर्माण गरी सिक्किमका स्रोत-साधन, स्थानीय सहभागिता तथा राज्य र जनताको दीर्घकालीन हित संरक्षण गर्नु सरकारको लक्ष्य रहेको जनाएका छन्।

CM inaugurates upgraded Mangan Public Ground and allied facilities

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ

मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट

SICUN organises free medical camp

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalNortheastSA Nepali

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 8, 2025
लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित
सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न
मल्ली डॉंड़ा जीपीयूमा ‘अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ पालन गरियो
Governor visits Temi Tea Estate, takes part in tea plucking
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?