गान्तोक, 04 मई। सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको अवसरमा राज्य सूचना एवं जनसम्पर्क विभागले ‘राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ। यस अद्वितीय प्रतियोगिताको उद्देश्य सभी क्षेत्रका फोटोग्राफरहरूको माध्यमद्वारा विगत पॉंच दशकमा सिक्किमको उल्लेखनीय यात्राको इतिहास र उत्सव मनाउनु रहेको बताइएको छ।
यो प्रतियोगिता सबै नागरिकहरूको निम्ति खुल्ला रहेको छ। इच्छुक प्रतिभागीहरूले ऐतिहासिक फोटोग्राफ, राज्यत्वको 50 वर्ष, स्थानीय जीवन र संस्कृति तथा विकास पहिले र अहिले थीममा भाग लिन सक्नेछन्। प्रतिभागीहरूले 12 मई, 2025 सम्म आफ्ना फोटोहरू 50yearsstatehoodipr@gmail.com मा पठाउनु पर्नेछ।
प्रतियोगिताका विजेताहरूको निम्ति पुरस्कार राशि पनि घोषणा गरिएको थियो। प्रथम पुरस्कार 50 हजार, दोस्रो पुरस्कार 30 हजार र तेस्रो पुरस्कार 20 बजार रूपियॉं घोषणा गरिएको छ। यसैगरी, 10 जना सहभागीहरूलाई 5-5 हजार रूपियॉं सान्तवना पुरस्कार प्रदान गरिने बताइएको छ।
यस पहल मार्फत विभागले सिक्किमको सम्पदा, प्रगति र सांस्कृतिक समृद्धिलाई प्रतिबिम्बित गर्ने जीवन्त दृश्य अभिलेख निर्माण गर्ने लक्ष्य राखेको छ। विभागले नागरिकहरूलाई उत्साहपूर्वक भाग लिन र यस ऐतिहासिक कथामा योगदान दिन प्रोत्साहित गरेको छ।

Leave a comment