By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
National

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Aaron Rai
Last updated: May 30, 2025 6:03 pm
Aaron Rai Published May 30, 2025
Share
SHARE


गान्तोक, 30 मई। उत्तर सिक्किममा बिहिवार अबेर राति भएको वाहन दुर्घटनापछि बेपत्ता बनेका यात्रीहरूको अझै पनि पत्ता चलेको छैन। हिजो राति वाहन दुर्घटना भएदेखि लगातार खोज एवं उद्धार कार्य चलिरहेको छ। आज पनि दिनभरि खोज एवं उद्धार कार्य चलाइयो। हिजो राति दुर्घटना स्थलबाट दुई जनालाई उद्धार गरिएको थियो भने नौ जना अझै पनि बेपत्ता छन्।
चुङथाङ पुलिस अनुसार, बिहिवार अबेर राति लगभग आठ बजी लाचेन-चुङथाङ मार्ग अन्तर्गत छुबाम्बू र मुन्शिथाङबीच एउटा ट्याक्सी वाहन सड़कदेखि तल टिस्टा नदीमा झऱ्यो। वाहनमा ट्याक्सी चालकसहित 11 जना यात्रा गरिरहेका थिए। यात्रीहरू सबै भारतका विभिन्न राज्यहरूबाट सिक्किम घुम्न आएका पर्यटकहरू थिए।
दुर्घटनाको बारेमा सूचना पाउनसाथ चुङथाङ पुलिस लगायत उद्धार टोली दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्य शुरू गऱ्यो। यस क्रममा दुई जना यात्रीलाई दुर्घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरियो। घाइतेहरूमा ओडिशाको जजपुर निवासी साइराज जेना (17) र स्वयम् सुप्रतिम नायक (17) सामेल छन्। घाइतेहरूको चुङथाङ पीएचसीमा प्राथमिक उपचारपछि राजधानीको एसटीएनएम अस्पताल रेफर गरियो।
प्रारम्भिक जॉंचमा पर्यटकहरूलाई लाचेनबाट लाचुङ लिएर जाने क्रममा वाहन दुर्घटना भएको थाहा लागेको छ। वाहन पासाङ डी. शेर्पाले चलाइरहेका थिए। उनी सिङघिक, मंगन निवासी थिए। वाहन सड़कदेखि लगभग 1000 फुट तल झरेको छ।
बेपत्ता बनेका अन्य पर्यटकहरूमा ओडिशाको जजपुर निवासी इत्शिरी जेना (46), अजित कुमार नायक (45), सुनिता नायक (42) शाहिल जेना (21), उत्तर प्रदेश निवासी अंकिता सिंह (26) र कौशलेन्द्र प्रताप सिंह (32) तथा त्रिपुरा निवासी स्वपनिल देव (26) र देवज्योति जोय देव (26) सामेल छन्।
चुङथाङ पुलिस, आईटीबीपी, सेना, एनडीआरएफ र स्थानीय मानिसहरू आज दिनभरि खोज एवं उद्धार कार्यमा जुटेका थिए। यस क्रममा नदीबाट दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको छ। वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक सोनाम डी. भोटिया, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका डीपीओ कर्म दोर्जी वाजीलिङ्गपा पनि आज दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्यको बारेमा जानकारी लिएका थिए। दुर्घटना स्थलमा व्यापक खोज एवं उद्धार कार्य जारी रहेको छ।

You Might Also Like

उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम

उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो

पाकिस्तानको आक्रामक कोशिशलाई भारतले गऱ्यो निष्क्रिय, भारतले उचित जवाब दियो

टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsLatest NewsNationalPoliticsSA Nepali

प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ

Aaron Rai Aaron Rai May 29, 2025
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
Sikkim’s Active Participation Lights Up
GATC to open rock legends Mr Big at Bloomverse Festival
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?