By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग
NationalOpinionpoliticalSA Nepali

एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग

Suk Raj Aaron Rai
Last updated: December 20, 2025 6:40 pm
Suk Raj Aaron Rai Published December 20, 2025
Share
SHARE

गान्तोक, 20 दिसम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किम लोक सेवा आयोग (एसपीएससी) ले आयोजना गरेको पुलिस उप-निरीक्षक (एसआई) को भर्तीलाई लिएर उत्पन्न भएको विवादपछि भारतको नियन्त्रक र महालेखा परीक्षक (सीएजी) ले स्टेट ब्याङ्क अफ सिक्किम (एसबीएस) मा सहायक प्रबन्धकको भर्तीमा गम्भीर अनियमितताहरू औंल्याएको बताएको छ। सीएजीले भर्ती प्रक्रियामा धोखाधडी र पक्षपातप्रति चिन्ता व्यक्त गरेको छ भन्दै एसडीएफले परीक्षामा सहभागी भएका सिक्किमका हजारौं योग्य युवाहरूमाथि पनि ठूलो अन्याय भएको बताएको छ। एसकेएम सरकारले राज्यका युवाहरूलाई बारम्बार असफल बनाएको छ र यो एसबीएसको मामिलाले एसकेएम शासनलाई भाई-भतीजावादको सरकारको रूपमा थप स्थापित गरेको एसडीएफले आरोप लगाएको छ।
एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, २०२३ को अन्त्य अवधिको सीएजी लेखापरीक्षण अनुसार, २६ सहायक प्रबन्धकहरूको भर्तीमा गम्भीर त्रुटिहरू प्रकाशमा आएका छन्, जसले सम्पूर्ण भर्ती प्रक्रियामा गहिरो धोखाधडी भएको पुष्टि गर्दछ। सीएजीले लिखित परीक्षामा २६–४२ अंकसम्म कम प्राप्त गर्ने उम्मेदवारहरूलाई छनोट गरिएको, जबकि एउटै श्रेणी अन्तर्गत ५५ देखि १२८ अंक प्राप्त गर्ने धेरै उम्मेदवारहरूलाई अन्तर्वार्ताको लागि पनि नबोलाइएको पाएको छ।
एसडीएफले अझ भनेको छ, एसबीएसले अनिवार्य ७८-१०४ उम्मेदवारहरूको सट्टा अन्तर्वार्ताको लागि केवल ६९ उम्मेदवारहरूलाई बोलाएर आफ्नै भर्ती मापदण्डहरू उल्लङ्घन गरेको सीएजीले जनाएको छ। उच्च स्कोर गर्ने उम्मेदवारहरूलाई कुनै औचित्य बिना अदेखा गरियो, रोस्टर प्रणालीको पनि उल्लङ्घन गरियो र पाँच आरक्षित वर्गहरूको लागि रिक्त पदहरू पनि अन्य वर्गका उम्मेदवारहरूद्वारा भरिएको सीएजीले उजागर गरेको एसडीएफले दाबी गरेको छ।
एसआई भर्ती विवादपछि एसबीएस भर्ती घोटालाको खुलासाले एसकेएम सरकारमा नातावाद र अनुचित भर्ती अभ्यासहरूको एक विचलित ढाँचालाई थप उजागर गरेको एसडीएफले बताएको छ। एसडीएफले एसबीएस भर्ती अनियमितताको कडा निन्दा गर्दै एसबीएसका एमडी र अध्यक्ष लगायत जिम्मेवार अधिकारीहरूको राजीनामाको माग गरेको छ। यसैगरी, यस सम्बन्धमा स्वतन्त्र जॉंच गरिनु पर्ने र भर्ती प्रक्रिया रद्द गरेर नयाँ, पारदर्शी र योग्यतामा आधारित छनोट प्रक्रिया सञ्चालन गरिने माग पनि गरेको छ।

State Pays Tribute to Dr Syama Prasad Mookerjee on His 125th Birth Anniversary

मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए

मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे

छितेन टाशी भोटियाले बौद्ध मूल्यमान्यताहरू र परम्पराहरूको पवित्रतालाई कायम राख्न आह्वान गरे

PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी

SA Desk SA Desk February 24, 2025
मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
State BJP strongly opposes plans for Ed Sheeran concert by SKM Govt
दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?