By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी
NortheastpoliticalSikkim

मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी

Suk Raj Aaron Rai
Last updated: June 10, 2025 4:19 pm
Suk Raj Aaron Rai Published June 10, 2025
Share
SHARE


गान्तोक, 10 जून। केन्द्रिय राज्यमन्त्री पबित्रा मार्गेरिटाले केन्द्रमा एनडीएको सरकार गठन भएपछि पूर्वोत्तर राज्यहरूमा शान्ति स्थापना भएको र विकासका कार्यहरूले तीव्रता पाएको बताएका छन्। उनले पूर्वोत्तर एक समय विद्रोहले ग्रस्त थियो, तर आज विद्रोहको ठाउँ निवेशले लिएको छ भनी बताएका छन्।
केन्द्रिय राज्यमन्त्री मार्गेरिटा आज राजधानीस्थित भाजपा सिक्किमको शहर कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। मोदी सरकारले केन्द्रमा 11 वर्षको कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र सरकारका विभिन्न उपलब्धिहरूमाथि प्रकाश पारेका थिए।


उनले प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारतले प्रगति मात्र गरिरहेको छैन, तर देश आत्मनिर्भरताको दिशामा अग्रसर बनिरहेको बताए। उनले देश आज हरेक क्षेत्रमा अगाडि बढ्नुका साथै देशको गर्वका साथ उत्थान पनि भइरहेको बताए। उनले मोदी सरकारमा पूर्वोत्तर राज्यहरूको पनि द्रुत गतिमा विकास भइरहेको छ भने।
एनडीएको सरकारले पूर्वोत्तर राज्यहरूलाई उच्च प्राथमिकता दिइरहेको बताउॅंदै विगत 11 वर्षमा 65 भन्दा धेरै पटक देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तरको भ्रमण गरेको जानकारी गराए। यसैगरी, केन्द्रिय मन्त्रीहरूले पनि पूर्वोत्तरका राज्यहरूको 700 भन्दा धेरै पटक भ्रमण गरिसकेको अवगत गराउॅंदै पहिले यस्तो कहल्यै नभएको दाबी गरे।
उनले एनडीएको सरकार गठन भएयता पूर्वोत्तरमा इन्सरजेन्सी 70 प्रतिशत कम भएको दाबी गरे। केन्द्रिय राज्यमन्त्रीले आज पूर्वोत्तरमा निवेशले इन्सरजेन्सीको स्थान लिएको छ भनी बताए। एनडीएको सरकारले डोनर मन्त्रालयको बजेट आवण्टनमा 408 प्रतिशत वृद्धि गरेको पनि उनले जानकारी गराए। देशको यस भागमा अहिले पूर्वाधार, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य आदि जस्ता क्षेत्रहरूमा व्यापक कार्य भइरहेको उनले बताए।


उनले सिक्किमको सन्दर्भमा कुरा राख्दै यतिका वर्षसम्म पनि सिक्किम देशको रेलवे मानचित्रमा नहुनु आश्चर्यको विषय हो भनी बताए। तर, मोदी सरकारको नेतृत्वमा अब सिक्किम पनि चॉंडै रेलवेको मानचित्रमा समावेश हुन लागिरहेको उनले बताए। उनले सिक्किमको एकमात्र हवाईअड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्ट सम्बन्धित समस्या पनि चॉंडै समाधान हुने आशा व्यक्त गरे। उनले प्रधानमन्त्री मोदीको परिकल्पना अन्तर्गत देशमा आज व्यावहारिक रूपमा विकासका कार्यहरू भइरहेको बताए।
पत्रकार सम्मेलनमा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, उपाध्यक्ष दिनेश नेपाल र गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा पनि उपस्थित थिए।

एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश

मन्त्री दाहालले जोखिमपूर्ण 20 माइल सडक खण्डको निरीक्षण गरे

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

ATTC & CCCT convocation ceremony held

सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationNortheastSikkim

PETA India holds sensitisation workshop on Animal Protection Laws in Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 12, 2025
सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान
सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल
जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?