योग्य नागरिकहरूलाई निर्धारित समयसम्म आफ्नो फाराम बुझान आह्वान गरे
गान्तोक, 22 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज विशेष गहन पुनरीक्षण (एसआईआर) फाराम बुझाएका छन्। उनले सबै योग्य नागरिकहरूलाई आफ्नो एसआईआर फाराम भरेर निर्धारित समयभित्र बुझाउन आह्वान पनि गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा सोरेङ जिल्लाका सुपरभाइजर जस बहादुर तामाङ र ब्लकस्तरीय अधिकारीद्वय सेमिहाङ लिम्बू र दीपसन तामाङको उपस्थितिमा आफ्नो एसआईआर फाराम बुझाएको जानकारी गराएका छन्। साथै, उनले सबै योग्य नागरिकहरूलाई आफ्नो एसआईआर फाराम निधारित समयसम्म भरेर बुझाउन आह्वान पनि गरेका छन्।
मुख्यमन्त्रीले यस प्रक्रियामा भाग लिनाले हाम्रा रेकर्डहरू सही रहन र हाम्रो लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ भनी उल्लेख गरेका छन्।
Leave a comment


