By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न
Art & LiteratureSA NepaliSikkim

कवि रत्न लक्सम सुब्बाको बाल तृष्णा डिस्कोर्स सम्पन्न

Aaron Rai
Last updated: December 15, 2025 1:44 pm
Aaron Rai Published November 30, 2025
Share
SHARE


गान्तोक,30 नोभेम्बर। सिक्किमबाट लामो समयदेखि बाल साहित्यमा अभ्यास गरिरहेकी कवि रत्न लक्सम सुब्बाको नयाँ बाल कविता सङ्कलन बाल तृष्णामाथी विमर्श गरिएको छ। नेपाली साहित्य परिषद्को प्रेक्षा गृहमा चिया कविता सिक्किमद्वारा आयोजित विमर्श कार्यक्रमका पर्यवेक्षक कालिपत घोष महाविद्यालय बागडोगराका सह प्राध्यापक डा दिपेन तामाङले बाल साहित्य केवल आफूले सोच्ने गरेको सोचलाई मात्र होइन बाल बालिका मोनभावलाई नै प्राथमिकताको साथमा सिर्जना गरिनु पर्ने बताए। उनले पुस्तक प्रकाशनमा बालबलिकाको चासोलाई ध्यानमा राखेर बाल साहित्य रङ्गीन चित्रहरूसहित सुहाउँदो र आकर्षित ढाँचामा छाप्नु पर्ने आह्वान गरे। उनले सैद्धान्तिक पक्ष विभिन्न पाटोलाई उजागर गर्दै लेखक कविहरूले त्यसमा अडिएर बाल बालिकाहरूको निम्ति सिर्जना गर्नुपर्ने बारेमा अवगत गराए।
बाल तृष्णाको विमर्शमा सिक्किम विश्वविद्यालयकी शोधार्थी मेनुका भुजेल, शोधार्थी मेनप्रसाद शर्माले कविता सङ्कलन बालबालिकाको निम्ति सार्थक सिर्जना रहेको बताए। कवि मणिका शर्माले सहजीकरण गरेको विमर्शमा भारतमा बाल साहित्यको दशा र दिशाबारे पनि जानकारी राखेका थिए। बाल साहित्यमा बाल तृष्णा किताबले सानो वर्गका नानीहरूको निम्ति महत्वपूर्ण सिर्जनाको रूपमा हेर्न सकिने विमर्शमा कुरा उठान गरिएयो। जसमा रङ्गीन प्रकाशन, तृष्णाको महत्व र सार्थकता बारे पनि चर्चा गरिएको थियो। यसैगरि सर्जक रत्न लक्सम सुब्बाले आफू शिक्षकको पेशामा रहेको हुनाले प्राथमिक पाठशालामा आफ्नो सहकर्मीले प्रोत्साहन गरेको बताउँदै धेरै साना बाल बालिकाहरूको निम्ति ध्यानमा राखेर यो कृति प्रकाशित गरेको बताइन्। उनले पुस्तक प्रकाशनको निम्ति सिक्किम अकादेमीलाई आभार प्रकट गरिन् भने नेपाली साहित्य परिषद्ले कार्यक्रमको निम्ति प्रेक्षागृह उपलब्ध गराएकोमा धन्यवाद प्रकट गरिन्।
चिया कविता,सिक्किमले बाल साहित्यमा योगदान दिने तथा बाल साहित्यमा अकादमी पुरस्कारले पुरस्कृत भएका सिक्किमका साहित्यकार भीम प्रधान र मिना सुब्बालाई सम्मान जनायो। यसैगरि साहित्य अकादमी अनुवाद पुरस्कारले पुरस्कृत कवि अमर बानियाँ लोहोरोलाई पनि सम्मान पत्र प्रदान गरियो भने सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बालाई पुष्प गुच्छा प्रदान गरेर आभार प्रकट गरिएको थियो। चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा सिक्किमका वरिष्ठ साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उल्लेखनीय छ बाल साहित्यमा यस प्रकारको विमर्शको कार्यक्रम सम्भवत् पहिलो पल्ट गरिएको बताइएको छ।

‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न

नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastTravel

नाम्चेबुङमा प्रस्तावित एनएच-717ए विस्तार सम्बन्धित मुद्दाहरूमा छलफल गर्न बैठक सम्पन्न

Aaron Rai Aaron Rai May 14, 2026
State BJP chief slams hike in trade licenses & shop rent fees
मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
CM meets Parliamentary Committee on Subordinate Legislation
टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?