By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण
EnvironmentNationalTourismTravel

जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण

Aaron Rai
Last updated: January 15, 2026 4:13 am
Aaron Rai Published January 15, 2026
Share
SHARE

गान्तोक, जनवरी । सीमा सड़क संगठनका महानिर्देशक (डीजीबीआर) लेफ्टिनेन्ट जनरल हरपाल सिंहले सिक्किममा 2023 मा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) पछि गरिएका सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको स्थिति समीक्षा गर्न सिक्किमको भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले त्रिशक्ति कोर्प्सका जीओसी लेफ्टिनेन्ट जनरल मनराज सिंह मानसँग अन्तरक्रिया गरे। यसैगरी, उनले दीर्घकालीन कनेक्टिभिटी र प्रकोप लचिलोपनका लागि समन्वयित नागरिक-सैन्य प्रयासहरू सुनिश्चित गर्न सिक्किम सरकारका मुख्य सचिव रविन्द्र तेलाङसॅंग पनि भेट गरे। उक्त जानकारी आज रक्षा पीआरओले एक प्रेस विज्ञप्तिमा दिएको छ।
डीजीबीआर सिंहले बाढीबाट क्षतिग्रस्त सड़कहरूको पुनर्स्थापना र स्तरोन्नति, कमजोर खण्डहरूको सुदृढीकरण, ढलान स्थिरीकरण, जल निकासी सुधार तथा सिक्किमको नाजुक र उच्च-उचाई भूभागमा भरपर्दो सबै मौसमी कनेक्टिभिटी सुनिश्चित गर्न सुरक्षात्मक कार्यहरू बारे छलफल गरे। छलफलका क्रममा भविष्यमा हुने चरम मौसमी घटनाहरूको प्रभावलाई कम गर्न जलवायु-लचिलोपन पूर्वाधार समाधानहरू अपनाउने कुरामा जोड दिइएको बताइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, जीएलओएफ २०२३ पछि त्रिशक्ति कोर्प्स अन्तर्गत भारतीय सेनाले नागरिक अधिकारीहरूलाई सहयोग गर्न द्रुत गतिमा कारबाही गरेको थियो। चुनौतीपूर्ण भूभाग र मौसमी अवस्थाहरूमा उद्धार सहायता, चिकित्सा सहायता, भग्नावशेष हटाउने र महत्वपूर्ण सड़क सम्पर्कहरू पुन: खोल्न, दुर्गम र सम्पर्कविहीन क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न सेना संरचनाहरू तैनाथ गरिएको थियो। अभियन्ता स्रोतहरूले आवश्यक आपूर्ति र सेवाहरूको आवागमन कायम राख्न अस्थायी कनेक्टिभिटी समाधानहरू सुनिश्चित गरे।
त्रिशक्ति कोर्प्सले प्रभावित क्षेत्रहरूमा दिगो रसद सहयोग, चिकित्सा सहायता र सामुदायिक पहुँचका साथै पूर्वाधार सुदृढीकरण, वैकल्पिक मार्ग र आपदा न्यूनीकरण उपायहरूलाई प्राथमिकता दिन सीमा सड़क संगठन र सिक्किम सरकारसँग समन्वय जारी राखेको छ।
यस भ्रमणले सिक्किमका जनताको समर्थनमा बलियो नागरिक-सैन्य तालमेललाई सुदृढ पार्दै राष्ट्र निर्माण, आपदा तयारी र लचिलो पूर्वाधार विकासप्रति भारतीय सेनाको सामूहिक प्रतिबद्धतालाई पुन: पुष्टि गरेको विज्ञप्तिमा बताइएको छ।

मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

एसआईआरको आधारभूत सन्दर्भको रूपमा १९७४ को मतदाता सूचीलाई प्राथमिकता दिन भाजपाको आग्रह

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureDiscoverreligionStartup

छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व ​दीवान नारी के. रुस्तमजीको स्मृतिमा विशेष प्रदर्शनी आयोजित

Aaron Rai Aaron Rai May 22, 2025
गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न
एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?