By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
InvestmentOpinionPoliticianSA Nepali

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

Aaron Rai
Last updated: October 14, 2025 4:39 pm
Aaron Rai Published October 14, 2025
Share
SHARE


गान्तोक, 14 अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा सोमवार आयोजित एक कार्यक्रममा ‘कनेक्ट टु सीएम’ र ‘मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली’ (सीएमएसआईएमएस) शुभारम्भ गरे। नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण पहल अन्तर्गत यी योजनाहरूको शुरुवात गरिएको मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटियाले आज टाशीलिङ सचिवालयमा आयोजित एक पत्रकार सम्मेलन बताए।
सचिव भोटियाले नागरिकहरू र मुख्यमन्त्री कार्यालय (सीएमओ) बीच प्रत्यक्ष सञ्चारलाई सहज बनाएर सरकारलाई जनताको नजिक ल्याउन यो पहलको तयार गरिएको स्पष्ट पारे। उनले ‘कनेक्ट टु सीएम’ पहल इन्टरनेटमा आधारित प्रणाली रहेको बताए, जसको माध्यमबाट आम जनताले आफ्ना चिन्ताहरू सिधै सीएमओसँग साझा गर्न सक्नेछन् र आवश्यक सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
उनले हेल्पलाइन नम्बरहरू 80016-81188 वा 93327-81188 मा कल गरेर नागरिकहरूले सरकारी बिदा र चाडपर्वहरूमा लगायत हरेक दिन बिहान 10:30 बजीदेखि अपराह्न 4:00 बजीसम्म यी सेवाहरू प्राप्त गर्न सक्ने जानकारी गराए।
सचिव भोटियाले यो मञ्चले नजोडिएकाहरूलाई जोड्ने र अन्तिम व्यक्तिसम्म पुग्ने उद्देश्य राखेको बताए। यसको प्रक्रियामाथि प्रकाश पार्दै उनले भने, टेलिफोन अपरेटरले कल गर्ने व्यक्तिलाई उनीहरूको नाम, अभिभावकको नाम, निर्वाचन क्षेत्र र जीपीयू जस्ता आधारभूत विवरणहरू सोध्नेछ, त्यसपछि कल गर्ने व्यक्तिको चिन्ताहरूलाई सम्बोधन गरिनेछ। पारदर्शिता र समावेशीता सुनिश्चित गर्न सबै कलहरू रेकर्ड गरिने छन्।
उनले यो मञ्च हाल प्रारम्भिक चरणमा दस अपरेटरहरूका सञ्चालन भइरहेको जानकारी गराउॅंदै जनतालाई आफ्नो पालोको लागि धैर्यपूर्वक पर्खन अपील गरे। उनले लाभार्थीहरूलाई आफ्ना चिन्ताहरूको प्रगतिको बारेमा 48 घण्टाभित्र कलब्याक प्राप्त हुने र आवश्यक दस्तावेजहरू तयार राख्न आग्रह गरे। त्यसपछि अपरेटरहरूले सम्बन्धित योजनाहरूको लागि तोकिएका नोडल अधिकारीहरूसँग समन्वय गर्नेछन् र तदनुसार अपडेट गर्ने उनले बताए।
उनले यी योजनाहरूसँग सम्बन्धित जागरुकता कार्यक्रमहरू दुर्गम तहमा सञ्चालन गरिने बताए। उनले योजना तथा विकास विभाग अन्तर्गत प्रत्येक जीपीयूमा अनुगमन पर्यवेक्षकहरू नियुक्त गरिएको छ र पञ्चायती राज विभागको सहायक निर्देशकको कार्यालय मार्फत उनीहरूलाई प्रशिक्षण र जागरुक बनाइने बताए। उनले यी सेवाहरू आजदेखि शुरू भएको जानकारी गराउॅंदै यो मञ्चले कुनै पनि अवस्थित कार्यक्रमहरूलाई प्रतिस्थापन गर्दैन, तर पूरक प्रणालीको रूपमा काम गर्छ भनी स्पष्ट पारे।
उनले ‘मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली’ पारदर्शी प्रमाणीकरण प्रणाली रहेको बताए, जसले योग्य लाभार्थीहरूले विभिन्न योजनाहरूको लाभ प्राप्त गर्ने कुरा सुनिश्चित गर्नेछ।

You Might Also Like

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित

Workshop on Frontier State Development for North Eastern States

पुलिस प्रशासन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म न्यायको आशा केवल भ्रममा परिणत हुनेछ सीएपीको भनाई

मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyInvestmentSA NepaliStartup

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

Aaron Rai Aaron Rai August 28, 2025
राज्यपालले एनआईटी देवरालीको बैठकको अध्यक्षता गरे
Farewell to a Literary Luminary: Funeral Procession of Padma Shri Gadul Singh Lama Held with Full State Honours
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
Rs. 8.48 crore sanctioned for Final Location Survey of Melli–Dentam railway line
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?