By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ
InvestmentOpinionPoliticianSA Nepali

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

Aaron Rai
Last updated: October 14, 2025 4:39 pm
Aaron Rai Published October 14, 2025
Share
SHARE


गान्तोक, 14 अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा सोमवार आयोजित एक कार्यक्रममा ‘कनेक्ट टु सीएम’ र ‘मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली’ (सीएमएसआईएमएस) शुभारम्भ गरे। नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण पहल अन्तर्गत यी योजनाहरूको शुरुवात गरिएको मुख्यमन्त्री कार्यालयका सचिव कर्म नामग्याल भोटियाले आज टाशीलिङ सचिवालयमा आयोजित एक पत्रकार सम्मेलन बताए।
सचिव भोटियाले नागरिकहरू र मुख्यमन्त्री कार्यालय (सीएमओ) बीच प्रत्यक्ष सञ्चारलाई सहज बनाएर सरकारलाई जनताको नजिक ल्याउन यो पहलको तयार गरिएको स्पष्ट पारे। उनले ‘कनेक्ट टु सीएम’ पहल इन्टरनेटमा आधारित प्रणाली रहेको बताए, जसको माध्यमबाट आम जनताले आफ्ना चिन्ताहरू सिधै सीएमओसँग साझा गर्न सक्नेछन् र आवश्यक सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
उनले हेल्पलाइन नम्बरहरू 80016-81188 वा 93327-81188 मा कल गरेर नागरिकहरूले सरकारी बिदा र चाडपर्वहरूमा लगायत हरेक दिन बिहान 10:30 बजीदेखि अपराह्न 4:00 बजीसम्म यी सेवाहरू प्राप्त गर्न सक्ने जानकारी गराए।
सचिव भोटियाले यो मञ्चले नजोडिएकाहरूलाई जोड्ने र अन्तिम व्यक्तिसम्म पुग्ने उद्देश्य राखेको बताए। यसको प्रक्रियामाथि प्रकाश पार्दै उनले भने, टेलिफोन अपरेटरले कल गर्ने व्यक्तिलाई उनीहरूको नाम, अभिभावकको नाम, निर्वाचन क्षेत्र र जीपीयू जस्ता आधारभूत विवरणहरू सोध्नेछ, त्यसपछि कल गर्ने व्यक्तिको चिन्ताहरूलाई सम्बोधन गरिनेछ। पारदर्शिता र समावेशीता सुनिश्चित गर्न सबै कलहरू रेकर्ड गरिने छन्।
उनले यो मञ्च हाल प्रारम्भिक चरणमा दस अपरेटरहरूका सञ्चालन भइरहेको जानकारी गराउॅंदै जनतालाई आफ्नो पालोको लागि धैर्यपूर्वक पर्खन अपील गरे। उनले लाभार्थीहरूलाई आफ्ना चिन्ताहरूको प्रगतिको बारेमा 48 घण्टाभित्र कलब्याक प्राप्त हुने र आवश्यक दस्तावेजहरू तयार राख्न आग्रह गरे। त्यसपछि अपरेटरहरूले सम्बन्धित योजनाहरूको लागि तोकिएका नोडल अधिकारीहरूसँग समन्वय गर्नेछन् र तदनुसार अपडेट गर्ने उनले बताए।
उनले यी योजनाहरूसँग सम्बन्धित जागरुकता कार्यक्रमहरू दुर्गम तहमा सञ्चालन गरिने बताए। उनले योजना तथा विकास विभाग अन्तर्गत प्रत्येक जीपीयूमा अनुगमन पर्यवेक्षकहरू नियुक्त गरिएको छ र पञ्चायती राज विभागको सहायक निर्देशकको कार्यालय मार्फत उनीहरूलाई प्रशिक्षण र जागरुक बनाइने बताए। उनले यी सेवाहरू आजदेखि शुरू भएको जानकारी गराउॅंदै यो मञ्चले कुनै पनि अवस्थित कार्यक्रमहरूलाई प्रतिस्थापन गर्दैन, तर पूरक प्रणालीको रूपमा काम गर्छ भनी स्पष्ट पारे।
उनले ‘मुख्यमन्त्री योजना एकीकृत व्यवस्थापन प्रणाली’ पारदर्शी प्रमाणीकरण प्रणाली रहेको बताए, जसले योग्य लाभार्थीहरूले विभिन्न योजनाहरूको लाभ प्राप्त गर्ने कुरा सुनिश्चित गर्नेछ।

You Might Also Like

1st IHCAE Alumni Meet 2025 concludes at Chemchey

प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ

पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
religionSA Features

मुख्यमन्त्रीले परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछेलाई जन्मदिनको शुभकामना दिए

Aaron Rai Aaron Rai June 9, 2025
एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न
आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो
कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते
मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?