By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए
CultureNationalNortheastOpinion

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

Aaron Rai
Last updated: November 30, 2025 4:03 pm
Aaron Rai Published November 30, 2025
Share
SHARE


गान्तोक, 29 नोभेम्बर । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सिक्किममा जनजाति सिट आरक्षण सुनिश्चित गर्न आरपी ऐन संशोधनमाथि जोड दिएका छन्। यस अतिरिक्त, उनले तत्काल जलवायु कार्य र समावेशी नीति निर्माणमा पनि केन्द्रको ध्यान आकर्षित गराएका छन्।
लोकसभा सांसद डा. सुब्बा आज नयाँ दिल्लीस्थित संसद एनेक्स भवनको मुख्य समिति हलमा आयोजित सर्वदलीय फ्लोर लिडरहरूको बैठकमा सहभागी बनेको विज्ञप्तिमा उल्लेख छ। रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा संसदीय मामिला मन्त्री किरेन रिजिजु, मन्त्रीहरू जेपी नड्डा, अर्जुन राम मेघवाल र राज्यमन्त्री एल. मुरुगनको उपस्थिति रहेको थियो।
बैठकमा सांसद सुब्बाले विशेष गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनको खतरनाक प्रभावहरूमाथि गम्भीर चिन्ता व्यक्त गरे। उनले यस विषयमा संसदमा व्यापक र समर्पित छलफलको तत्काल आवश्यकतामा जोड दिए। उनले हिमालयमा अचानक बाढी र बढ्दो सम्बन्धित प्रकोपहरूमाथि प्रकाश पार्दै कमजोर समुदायहरूको जीवन र जीविकोपार्जनको रक्षा गर्न ठोस र क्षेत्र-विशिष्ट जलवायु नीतिहरूको आवश्यकतामा जोड दिए।
उनले भारत जस्तो विविधतापूर्ण देशमा नीतिहरू “सबैका लागि एक समान” हुन नसक्ने कुरा दोहोर्‍याए। उनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग अर्थपूर्ण परामर्श मार्फत समावेशी नीति निर्माणको लागि आह्वान गरे। यस सन्दर्भमा उनले विशिष्ट विकास र जलवायु सरोकारहरूमा छलफल गर्न हिमाली राज्य र केन्द्र शासित प्रदेशका संसद सदस्यहरू सम्मिलित हिमालय क्षेत्रलाई समर्पित संसदीय समिति गठनको वकालत गरे।
आगामी सीमाङ्कन अभ्यासबारेमा बोल्दै सांसद सुब्बाले केन्द्र सरकारलाई राज्य विधानसभामा अनुसूचित जनजातिहरूको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे। उनले केन्द्र सरकारबाट आदिवासी समुदायहरूको संरक्षण र समर्थन आवश्यक रहेको बताउॅंदै उनीहरूको सशक्तिकरण राष्ट्रको समग्र प्रगतिको लागि महत्त्वपूर्ण रहेको बताए।
यस अतिरिक्त, सांसदले सिक्किमका लिम्बू र तामाङ समुदायहरू २००३ देखि राज्य विधानसभामा आरक्षित सिटहरूको संवैधानिक अधिकारबाट वञ्चित रहेको अवगत गराए। उनले यी अनुसूचित जनजातिहरूको लागि उचित आरक्षण सुरक्षित गर्न जनप्रतिनिधित्व ऐन (आरपीए) मा संशोधन आवश्यक रहेको र सबै राजनीतिक दलहरूलाई समर्थनको लागि आह्वान गरे। उनले सामाजिक-आर्थिक र राजनीतिक समानता सुनिश्चित गर्न सिक्किमका बाँकी छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिए।
सांसद सुब्बाले सिक्किम क्रान्तिकारी मोर्चाको तर्फबाट आगामी संसदीय अधिवेशनलाई उत्पादक, रचनात्मक र सफल बनाउन पूर्ण सहयोगको आश्वासन दिए।

एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार

Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport

मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे

Sikkim CM Calls on Union Finance Minister, Discusses Developmental Priorities

अल्ट्रा धाविका मिनाकुमारी सुब्बा सिक्किमको नाम रोशन गर्दै

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F

SA Desk SA Desk January 16, 2025
मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?