By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
    April 22, 2025
    Latest News
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
  • Politics
    PoliticsShow More
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्नु पर्छ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्नु पर्छ: गणेश राई
CultureInsiderOpinion

नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्नु पर्छ: गणेश राई

Suk Raj Aaron Rai
Last updated: August 20, 2026 3:20 pm
Suk Raj Aaron Rai Published August 20, 2026
Share
SHARE

गान्तोक, 20 अगस्त। सिटिजन एक्सन पार्टी सिक्किमको साहित्य परिषद्को तत्वावधानमा आज ३५औँ नेपाली भाषा मान्यता दिवस पार्टी कार्यालयको प्रेक्षागृहमा पार्टी अध्यक्ष गणेश राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो।कार्यक्रममा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन औपचारिक अभियानको शुरुवात गर्ने तथा राष्ट्रियस्तरमा नेपाली भाषा मान्यताको आन्दोलनलाई नेतृत्व गर्ने अग्रज भाषाप्रेमीहरू आनन्दप्रसाद पाठक, टीकादत्त निरौला लगायतका व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउने तथा लोकसभामा नेपाली भाषा मान्यताका लागि स्वतन्त्र विधेयक प्रस्तुत गरी विश्वभरका नेपाली भाषीहरूको शिर उँचो बनाउने व्यक्तित्वहरूप्रति कार्यक्रममा सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो।अध्यक्षीय सम्बोधनको क्रममा सिटिजन एक्सन पार्टी सिक्किमका अध्यक्ष गणेश राईले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन संघर्ष गर्ने सम्पूर्ण अग्रज, अभियन्ता तथा भाषाप्रेमीहरूप्रति सम्मान र आभार व्यक्त गरे। ३५औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई शुभकामना तथा अभिवादन व्यक्त गर्दै अध्यक्ष राईले देहरादुनका तीन विभूति आनन्द सिंह थापा, नरेन सिंह राणा र वीरसिंह भण्डारीलाई विशेष रूपमा स्मरण गरे।उनले नेपाली भाषाको संवैधानिक मान्यताको संघर्षको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै सन् १९६१ मा पश्चिम बंगालले नेपाली भाषालाई राज्यस्तरमा मान्यता दिएको ऐतिहासिक घटनालाई स्मरण गरे। उनले रतनलाल ब्राह्मणले नेपाली भाषामा शपथ लिने साहस गरे पनि नेपाली भाषामा शपथ लिने अनुमति प्राप्त गर्न नसकेको प्रसङ्ग उल्लेख गरे।पछि लोकसभामा नेपाली भाषामा सम्बोधन गर्ने👏 साहसले नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलनमा महत्वपूर्ण माइलखुट्टी स्थापित गरेको अध्यक्ष राईले बताए। उनले तत्कालीन लोकसभा सांसद दिलकुमारी भण्डारीले नेपाली भाषा विदेशी भाषा हो भन्ने भ्रम चिर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीको तर्फबाट आभार प्रकट गरे।उनले विपक्षको भूमिका सत्तारूढ दललाई गाली र आलोचना गर्नमा मात्र सीमित हुन्छ भन्ने सत्तारूढ दलको सोच गलत रहेको बताए। पार्टीले नेपाली भाषा मान्यता दिवस, भानु जयन्ती, गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायतका विभिन्न महत्वपूर्ण दिवसहरूमा कार्यक्रम आयोजना गरेर विपक्षमा रहेर पनि रचनात्मक र जनमुखी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेको उनले बताए।अध्यक्ष राईले नेपाली भाषाको संरक्षण, समृद्धि, प्रचार-प्रसार तथा लोकप्रियताका लागि भाषालाई अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताए। भाषाको विकास केवल भावनात्मक विषयमा सीमित नराखी रोजगारी, प्रविधि, शिक्षा, अनुसन्धान, सञ्चार, प्रकाशन, पर्यटन तथा अन्य आर्थिक गतिविधिसँग जोड्न सके नेपाली भाषाको संरक्षण र विस्तार अझ प्रभावकारी हुने उनको भनाइ थियो।उनले नेपाली भाषाको विकास र समृद्धिका लागि सरकारको तर्फबाट पर्याप्त ठोस तथा प्रभावकारी कार्यक्रम आउन नसकेको आरोप लगाए। सीएपीले सरकार गठन गरेपछि नेपाली भाषाको सुरक्षा, संरक्षण, विकास र समृद्धिका लागि स्पष्ट नीति निर्माण गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।नेपाली भाषा बोल्ने व्यक्तिलाई अशिक्षित, ‘ग्वाँक’ वा कम बौद्धिक ठान्ने तथा अंग्रेजी भाषा बोल्ने व्यक्तिलाई मात्र बौद्धिक र ज्ञानी ठान्ने सामाजिक मानसिकता विकास हुँदै गएकोप्रति अध्यक्ष राईले चिन्ता व्यक्त गरे। यस्तो सामाजिक प्रवृत्तिका कारण नयाँ पुस्तालाई नेपाली भाषाप्रति आकर्षित गर्न कठिनाइ भइरहेको उनले बताए। उनले नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्न सके मात्र भाषाले अपेक्षित रूपमा फड्को मार्न सक्ने बताए।

२०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी

भाजपा सिक्किमले नथुला सीमा व्यापार पुनः सञ्चालन भएकोमा स्वागत जनायो

दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश

मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे

रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEntertainmentNeighbourhood WatchSA Nepali

सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 24, 2026
सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री
अनुमानित 15 लाख रूपियॉंको संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
राज्यपालले रणभूमि भारत दर्शन अन्तर्गत चो ला प्रेरणा स्थलको उद्घाटन गरे
राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?