By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    संसदीय स्थायी समितिका सदस्यहरूले नथुला, बाबा मन्दिर र छाङ्गु लेक भ्रमण गरे
    April 22, 2025
    Latest News
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
  • Politics
    PoliticsShow More
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न
OpinionPoliticianSikkim

सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: December 19, 2025 5:43 pm
Suk Raj Aaron Rai Published December 19, 2025
Share
SHARE

गान्तोक, 19 दिसम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक आज जोरथाङस्थित पार्टीको सर्कल कार्यालयमा बस्यो। सोरेङ जिल्लाका अध्यक्ष पीडी शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका वरिष्ठ नेतृत्वहरू र पदाधिकारीहरु उपस्थित थिए। बैठकमा जिल्ला तहका कार्यक्रमहरू र संगठनात्मक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरियो। एसीईसी अध्यक्षहरूले आ–आफ्ना निर्वाचन क्षेत्रबाट तृणमूल तहका गतिविधि, सार्वजनिक चिन्ता र संगठनात्मक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। साथै, नयाँ नियुक्त पार्टी पदाधिकारीहरूलाई नियुक्ति आदेश औपचारिक रूपमा हस्तान्तरण गरियो। जिल्ला परिषद्ले सोरेङ जिल्लाका जनतालाई असर गर्ने सबै स्थानीय मुद्दामा आवाज उठाउने, सक्रिय रहने र उत्तरदायी बन्ने निर्णय गरेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ। तृणमूल तहको सहभागिता र जनसम्पर्क सुदृढ़ बनाउन आगामी दिनहरूमा जिल्लाका सबै निर्वाचन क्षेत्रमा व्यापक सदस्यता अभियान सञ्चालन गर्ने पनि निर्णय गरिएको बताइएको छ।बैठकलाई सम्बोधन गर्दै जिल्लाका महासचिव पबिन हाङ सुब्बाले महालेखा परीक्षक (सीएजी) को प्रतिवेदनले सिक्किम स्टेट ब्याङ्कलाई गम्भीर निगरानीमा राखेको विषयतर्फ ध्यानाकर्षण गराए। उनले सीएजीका अवलोकनहरूलाई सामान्य टिप्पणीका रूपमा नभई संवैधानिक चेताउनीका रूपमा लिनुपर्ने मन्तव्य राखे। उनले वित्तीय अनुगमन र शासनमा असफलता हुनु जनविश्वासको उल्लङ्घन हो भनी बताए। उनले पार्टीको तर्फबाट प्रतिवेदन सदनमा प्रस्तुत गरेकोमा महालेखा परीक्षकप्रति धन्यवाद व्यक्त गरे।यसरी नै युवा परिषद्की उपाध्यक्ष इडु छिरिङ भोटियाले महिलामाथि हुने अनलाइन उत्पीडनका घटनाहरूमा भएको चिन्ताजनक वृद्धिको कडा निन्दा गरिन्। राष्ट्रिय महिला आयोगको हस्तक्षेपपछि पनि दोषीलाई कारबाहीमा ल्याउन सिक्किम पुलिसको उदासीनता र प्रभावकारी अनुगमनको अभावप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन्। यस्तो निष्क्रियताले अपराधीहरूलाई हौसला दिएको र राज्यमा महिलाको सुरक्षा तथा गरिमामाथि गम्भीर खतरा उत्पन्न गरेको उनले बताइन्।आफ्नो सम्बोधनमा सभाध्यक्ष शेर्पाले सिक्किम लोकसेवा आयोग मार्फत भएका नियुक्तिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे। पारदर्शिता, मेरिट र निष्पक्षता कायम राख्ने संवैधानिक निकायले युवा आकांक्षीहरूको संवैधानिक अधिकार जोगाउन असफल भएको उनले आरोप लगाए। उनले बैठकलाई सिटिजन एक्शन पार्टी–सिक्किमको चौथो स्थापना दिवस २६ जनवरी, २०२६ मा मनाइने जानकारी दिँदै सोरेङ जिल्ला जकाइको तयारीको समीक्षा पनि गरे।

DC makes first official visit Yuksom Subdivision

नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ

नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ

रिज पार्कमा निर्माणाधीन भवनमा चोरी

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticsSA Nepali

सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 11, 2026
सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
सीएपी सिक्किमसँग राज्यको डावाडोल अर्थतन्त्रलाई सुदृढ़ बनाउने स्पष्ट रोडम्याप छ: डीबी स्टीफन गुरुङ
CAP working towards “real change” in Sikkim: Ganesh Rai
उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?