By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत
Art & LiteratureSikkim

साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत

SA Desk
Last updated: October 21, 2024 3:50 pm
SA Desk Published October 21, 2024
Share
SHARE

चित्रकार किशोर राई साम्पाङलाई उत्कृष्ट आवरण सृजना पुरस्कार र डा. मनोज कुमार राई उत्कृष्ट पुस्तकालय पुरस्कारले सम्मानित।

नाम्ची जिल्लाको खोर्लोङ आधारित कला साहित्य संस्थानले आइतवार बिकमत, खोर्लोङस्थित ग्राम प्रशासन केन्द्रको प्रेक्षागृहमा आफ्नो चौथो राज्यस्तरीय सम्मान सम्मेलन आयोजना गरेको छ। यस अवसरमा वरिष्ठ साहित्यकार तथा पत्रकार अर्जुन पीयूषलाई साहित्य प्रतिभा पुरस्कारद्वारा अलङ्कृत गरिएको छ। त्यसरी नै चित्रकार किशोर राई साम्पाङलाई उत्कृष्ट आवरण सृजना पुरस्कार प्रदान गरियो भने नाम्चीका नेपाली पुस्तकालय संरक्षक डा. मनोजकुमार राईलाई उत्कृष्ट पुस्तकालय पुरस्कार प्रदान गरियो। पुरस्कृत तीनजनै व्यक्तित्वलाई दोसल्ला, सम्मानपत्र, स्मृतिचिह्नसहित नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रममा साहित्य, कला, पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउने तीनकोरी अधिक स्रष्टाहरूलाई पनि अभिनन्दन जनाइयो। यस क्रममा कला साहित्य संस्थानद्वारा प्रकाशित सामयिक साहित्यिक सङ्कलनको चौथो अङ्क, साहित्यकार जयदीप सुब्बाकृत कविता सङ्ग्रह, एबी गुरुङ वसन्तकृत कविता सङ्ग्रह वसन्त विप्लव, लेखक हरिश्चन्द्र सापकोटाको पुस्तक, तबस्सुम परवीन अन्सारीकृत अङ्ग्रेजी कविता सङ्ग्रह हार्ट लाइक वाइल्ड फ्लावर र पूर्णिमा ठटालकृत गीति एल्बमको पनि लोकार्पण गरियो। कार्यक्रममा दक्षिण जिल्लामा दशौँण श्रेणीमा राई र लिम्बू भाषामा सर्वोच्च अङ्क हासिल गर्ने दुई विद्यार्थीलाई प्रशंसापत्रद्वारा सम्मान जनाइयो।
साहित्यकार प्रद्युम्न श्रेष्टले अध्यक्षता गरेको कार्यक्रममा शिक्षाविद् डा. हरिप्रसाद छेत्री मुख्य अतिथि रहेका थिए। यसैगरी कार्यक्रममा पर्यवेक्षकको भूमिका साहित्यकार तथा सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले निर्वाह गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यवक्षक सीपी शर्माले यस्तो भव्य कार्यक्रममा सम्मान जोकोहीले पाउन नसक्ने बताउँदै सम्मान निःस्वार्थ कर्मको फल रहेको उल्लेख गरे। “पुरस्कार पाउनु ठूलो कुरा होइन, तर पुरस्कार पाएर त्यस पुरस्कारको सम्मान राख्नु सजिलो कुरा होइन। सम्मानले स्रष्टामा जिम्मेवारी थपेको हुन्छ”-शर्माले भने। खोर्लोङमा भानु सालिक निर्माणको लागि आफूबाट हुन सक्ने सहयोग गर्ने वचन दिँदै उपस्थित सबैलाई पनि सहयोग गर्न अनुरोध गरे। मुख्य अतिथि डा. एचपी छेत्रीले आफ्नो संक्षिप्त सम्बोधनमा कला साहित्य संस्थानले ऐतिहासिक कार्यक्रम आयोजन गरेको जनाउँदै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
अध्यक्षीय सम्बोधनमा साहित्यकार प्रद्युम्न श्रेष्टले आवरण पुस्तकको आकर्षण पनि भएको कारण आवरण सृजना पुरस्कार राखेर आयोजक संस्थाले उल्लेखनीय कार्य गरेको बताउँदै अबउसो अभिनन्दनपत्रलाई हस्तलिखित गरे झन् सुनमा सुगन्ध थपिने सुझाउ दिए। उनले कला साहित्य संस्थानको यो कार्यक्रम राष्ट्रियस्तरको भएको उल्लेख गरे।
पुरस्कार प्रापक साहित्यकार अर्जुन पीयूषले जनसहभागितामूलक साहित्य अभियानको कारण कला साहित्य संस्थानले सफलतापूर्वक यस प्रकारको कार्यक्रम गर्न सकेको विचार प्रकट गरे। भविष्यमा पनि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन आउने पिँढ़ीलाई जिम्मेवारी हस्तान्तरण गर्न सुझाउ राखे। “आफ्नो साहित्यलाई अझ विकास गरेर लैजान विश्व साहित्य कतातिर लम्किरहेको छ, त्यसको गहन अध्ययन र अवलोकन गर्न जरुरी रहेको छ। नयाँ कुरा ठूलो समूहले मात्र गर्न सक्छ र यसमा युवाहरूलाई समावेश गर्नु समयको माग हो”-सम्मानित व्यक्तित्व पीयूषले भने।
स्वागत सम्बोधन राख्ने क्रममा आयोजक समितिका अध्यक्ष गोकुल राईले कला साहित्य संस्थानका उद्देश्यहरूबारे प्रकाश पारे। उनले कार्यक्रमलाई सफल तुल्याउन जनसहभागितामूलक साहित्य अभियानअन्तर्गत संस्थाका संरक्षक र युवाहरूको योगदानको खुलेर प्रशंसा गरे। कार्यक्रममा स्थानीय र अतिथि कवि-कवीयत्रीहरूले कविता वाचन गर्नुका साथै स्थानीय कलाकारहरूले गीत-नृत्य प्रस्तुत गरे। यस अवसरमा विभिन्न स्थानबाट आएका साहित्यकारगण, स्थानीय गाउँलेहरू आदिको उपस्थिति रहेको थियो। विदुर राई र सोमबहादुर राईले सञ्चालन गरेको कार्यक्रमलाई सफल तुल्याउन उपाध्यक्ष सरमान राई ‘रसिक’, महासचिव धन नीरव प्रधान, संयुक्त सचिव पेम नर्बु शेर्पा ‘ज्योति’, कोषाध्यक्ष प्रकाश राई, प्रचार सचिव जीवन राई ‘माङ्पा’, कार्यकारी सदस्य सुदीप बस्नेत, सुमन राई र अन्यले महत् योगदान पुर्‍याएका छन्।

नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान

National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity

March 27, 2026

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationHealthNortheast

Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 27, 2025
National Engineers’ Day Celebrated in Gangtok
सिक्किममा ’35औं नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिप 2025′ हुने
मुख्य सचिवले पानीको अभाव, वन डढेलो रोकथाम र एभियन इन्फ्लुएन्जा तयारी सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक गरे
एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?