By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा
EconomyNationalreligion

पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा

Aaron Rai
Last updated: June 20, 2025 2:10 pm
Aaron Rai Published June 20, 2025
Share
SHARE

गान्तोक, 20 जून। पाॅंच वर्षको लामो अन्तरालपछि फेरि सिक्किम भएर पवित्र कैलाश मानसरोवर तीर्थयात्रा शुरू भएको छ। आज, शुक्रवार तीर्थयात्रीहरूको पहिलो समूहलाई सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले भारत—चीन सीमा क्षेत्र नथुला पासबाट हरियो झण्डा हल्लाएर विधिवत प्रस्थान गराए।
नथुला पासबाट प्रस्थान गर्नुअघि तीर्थयात्रीहरूसॅंग राज्यपालले कुराकानी गर्दै तीर्थयात्रीहरूको सुस्वास्थ्यको निम्ति शुभकामना दिए। राज्यपालले यो ऐतिहासिक मार्ग पुन: आरम्भलाई अन्तरराष्ट्रिय मैत्री र भारतीय आध्यात्मिक परम्पराहरूको पुनर्स्थापनाको प्रतीक बताए, जसले बौद्ध, हिन्दू र जैन समुदायको आस्थालाई प्रतिबिम्बित गर्दछ।
राज्यपालले यो यात्रा पुन: आरम्भ गरिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे। उनले सिक्किमको मार्गबाट तीर्थयात्रीहरूलाई प्रस्थान गराउनु राज्यको निम्ति गर्वको कुरा रहेको बताए। उनले भने, यो ऐतिहासिक र आध्यात्मिक यात्रा राज्यको पवित्र भूमि भएर अगाडि बढिरहेको छ, जुन सिक्किम राज्यको निम्ति अत्यन्त गौरवको क्षण हो। उनले सिक्किम सरकार, भारत तिब्बत सीमा पुलिस र भारतीय सेनालाई आफ्नो सहयोगको निम्ति धन्यवाद दिए।


राजभवन अनुसार, 33 जना तीर्थयात्रीहरूमा दुईजना एस्कर्ट र एकजना डाक्टर पनि सामेल छन्। तीर्थयात्रीहरूले चिकित्सकीय परीक्षणका साथै सिक्किम आइपुगेर उच्च हिमालय परिस्थितिहरूका लागि दुई चरणमा अनुकूलन प्रक्रियालाई पूरा गरे। प्रथम चरणमा 18 माइलमा र त्यसपछि शेरेथाङमा तीर्थयात्रीहरूलाई अनुकूलनको निम्ति राखिएको थियो।
नथुला पासमा राज्यपाल माथुरले हरियो झण्डा हल्लाएर तीर्थयात्रीहरूलाई प्रस्थान गराए। यस अवसरमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीहरू टीटी भोटिया, पुरण गुरूङ र एनबी दाहाल, विधायकहरू पामिन लेप्चा, टीटी भोटिया र सुदेश कुमार लिम्बू, भारतीय सेनाका अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
तीर्थयात्रीहरूलाई सीमा पारी चीनका अधिकारीहरूले स्वागत जनाउने व्यवस्था गरिएको थियो, जहॉंबाट उनीहरू कैलाश पर्वत र मानसरोवर झीलको निम्ति आफ्नो आध्यात्मिक यात्रा शुरू गर्नेछन्। यस यात्राको सम्पूर्ण व्यवस्था विदेश मन्त्रालय, भारत सरकार, सिक्किम पर्यटन विकास निगम र भारत तिब्बत सीमा पुलिसले गरिरहेको छ।

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticsSikkim

सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम

SA Desk SA Desk March 6, 2025
Empowering Girls, Empowering Future: CM graces the International Day of Girl Child
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
Mangan District Prepares for Khamsel Ceremony at Tholung Gumpa
गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?