गान्तोक, 22 अप्रेल। सिक्किम सरकारले परम पावन पोप फ्रान्सिसको निधनमा गहिरो दु:ख प्रकट गर्दै तीन दिनको राजकीय शोकको घोषणा गरेको छ। पोप फ्रान्सिसको सोमवार 88 वर्षको उमेरमा निधन भयो।
सिक्किम सरकारले परम पावन पोप फ्रान्सिसको निधनमा गहिरो दु:ख प्रकट गर्दै दिवंगत आत्माको सम्मानको प्रतीक स्वरूप तीन दिवसीय राजकीय शोक घोषणा गरेको छ। राज्यको मुख्य सचिव आर. तेलाङले आज जारी एक अधिसूचनामा यस आसयको जानकारी गराएका छन्।
अधिसूचना अनुसार, 22 र 23 अप्रेल, 2025 दुई दिन राजकीय शोक रहनेछ। अन्तिम संस्कारमा एक दिन राजकीय शोक रहनेछ, जसको सूचना पछि दिइने छ।
राजकीय शोकको समयमा राष्ट्रिय ध्वज आधा झुकाइने छ भने कुनै पनि आधिकारिक मनोरञ्जनको कार्यक्रम आयोजना गरिने छैन।

Leave a comment